सुरुङभित्र करेन्ट लागेर मजदुरको मृत्यु
जलसरोकार
सङ्खुवासभा: सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ निवासी ४० वर्षीय करणधर पौडेलको सोलाखानी सुरुङभित्र करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको हो ।
चिचिला गाउँपालिका–३ अन्तर्गत अडिट थ्रीस्थित सुरुङ निर्माणस्थलमा भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार सुरुङभित्र कार्यरत रहँदा करेन्ट लागेपछि पौडेललाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल पु¥याइएको थियो, तर बचाउन सकिएन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ