सुरुङभित्र करेन्ट लागेर मजदुरको मृत्यु
जलसरोकार
सङ्खुवासभा: सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ निवासी ४० वर्षीय करणधर पौडेलको सोलाखानी सुरुङभित्र करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको हो ।
चिचिला गाउँपालिका–३ अन्तर्गत अडिट थ्रीस्थित सुरुङ निर्माणस्थलमा भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार सुरुङभित्र कार्यरत रहँदा करेन्ट लागेपछि पौडेललाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल पु¥याइएको थियो, तर बचाउन सकिएन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो