अरुणभ्याली हाइड्रोपावरको ८.४२१ प्रतिशत लाभांश घोषणा
जलसरोकार
काठमाडौँ : अरुणभ्याली हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यसअनुसार सेयरधनीलाई कुल ८.४२१ प्रतिशत लाभांश वितरण गरिनेछ । घोषित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ रहेको छ भने सेयरको बजार मूल्य प्रतिकित्ता २७७ रुपैयाँमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा