अरुणभ्याली हाइड्रोपावरको ८.४२१ प्रतिशत लाभांश घोषणा
जलसरोकार
काठमाडौँ : अरुणभ्याली हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यसअनुसार सेयरधनीलाई कुल ८.४२१ प्रतिशत लाभांश वितरण गरिनेछ । घोषित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ रहेको छ भने सेयरको बजार मूल्य प्रतिकित्ता २७७ रुपैयाँमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य