बूढीगण्डकीकाे सीइओमा अरुण रजौरिया
जलसरोकार
काठमाडौं : बूढीगण्डकी जलाशययुक्त आयोजना (१२ सय मेगावाट) को प्रमुख कार्यकारी अधिकृतमा अरुण रजौरिया नियुक्त भएका छन् ।
हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीका डेपुटी सीइओ रहेका रजौरियाले बूढीगण्डकी जलविद्युत् कम्पनीको सीइओमा आवेदन दिएका थिए ।
बूढीगण्डकीका नव नियुक्त सीइओ रजौरियाले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित एक औपचारिक समारोहमा कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव सुरेश आचार्यले रजौरियालाई ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा शपथ ग्रहण गराएका हुन्ग ।
समारोहमा ऊर्जामन्त्री खड्काले नव नियुक्त सीइओ रजौरियालाई बधाई दिँदै बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने मोडमा रहेको उल्लेख गर्दै स्पष्ट कार्ययोजनासहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए ।

मन्त्री खड्काले आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको उल्लेख गर्दै, रजौरियाको तीन दशक लामो व्यावसायिक अनुभवले आयोजनालाई गति दिने विश्वास व्यक्त गरे। साथै, आयोजनालाई सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्नु नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्नेमा पनि उनले जोड दिए।
ऊर्जामन्त्री खड्काले भने, "झण्डै १२०० मेगावाट क्षमताको यो बृहत् बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिंचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा समेत योगदान हुने अपेक्षा गरिएको छ। यस्तो राष्ट्रिय महत्वको आयोजनामा समयमै लक्ष्य र उद्देश्य हासिल गरी मुलुक र जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नु प्रमुख कार्यकारीको दायित्व हो।"
समारोहमा मन्त्रालयकी सिंचाई सचिव सरिता दवाडी, सहसचिवहरु, मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित