चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
जलसरोकार
काठमाडौँ : सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए , ।
यसैगरी मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय पनि गरेको छ।
सरकारको यस निर्णयले ऊर्जा उत्पादनका आयोजना अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको भाउमा नयाँ रेकर्ड कायमै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
रसुवा भन्सारबाट छ महिनामा रु १ अर्ब १६ करोड राजस्व सङ्कलन
-
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
-
पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
-
चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
-
स्वच्छ ऊर्जाबाट हरित अर्थतन्त्रतर्फ नेपाल, डिकार्बनाइजेसनमा केन्द्रित राष्ट्रिय सम्मेलन हुँदै