विकास हाइड्रोपावरको आईपीओको लागि आवेदन खुल्यो
जलसरोकार
काठमाडौं: सर्वसाधारणका लागि विकास हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा आजदेखि आवेदन खुलेको छ ।
बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक सार्वजनिक सूचनामार्फत आईपीओमा आवेदन खुलेको जानकारी गराएको छ ।
कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँ छ । यसअघि वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट भइसकेको छ ।
न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । असार २२ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ । सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयरमार्फत आईपीओमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य