दिव्य ज्योति हाइड्रोपावरलाई अपी पावरले खरिद गर्ने
जलसरोकार
काठमाडौं: अपी पावर कम्पनीले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना प्रवद्र्धन गरिरहेको दिव्य ज्योति हाइड्रोपावरलाई अधिग्रहण गर्ने भएको छ । मंगलबार साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गर्दै आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेलाई पूर्ण अधिकार प्रदान गरेको छ ।
निर्णयअनुसार, अधिग्रहण सम्पन्न भएपछि दिव्य ज्योतिका सबै सेयर अपी पावरको नाममा रहनेछन् र कम्पनीको सम्पूर्ण व्यवस्थापन अपी पावरकै स्वामित्वमा रहनेछ । हाल अपी पावर दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने दिव्य ज्योति नयाँ कम्पनी हो ।
अपी पावरले मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माण र सञ्चालनका लागि दिव्य ज्योति हाइड्रोपावरलाई उपयुक्त साझेदारका रूपमा देखेकाले अधिग्रहण प्रक्रिया अघि बढाएको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी