ऊर्जा सचिव आचार्यको अर्काे बदमासी, कुलमानलाई कार्यसम्पादनबापत ब्याक डेटमा शून्य नम्बर
जलसरोकार
काठमाडौं: ऊर्जा सचिव सुरेश आचार्यले स्थापित, विधि, मान्यता, अभ्यास र सुशासनसम्बन्धी अपनाउनुपर्ने न्यूनतम आचरणलाई समेत ख्याल नगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा ‘ब्याक डेट’ (पछाडिको मिति राखी) मा शून्य (जीरो) नम्बर दिएका छन् । यो सरासर गैरकानुनी र बेइमानी मात्र नभई सुशासनकाे खिल्लीसमेत उडाइएको हो ।
मन्त्रालयका सहसचिव जीबछ कुमार मण्डललाई सचिव आचार्यले झन्डै २ महिनापछि त्यस्तो नम्बर दिन लगाएका हुन् । जबकी घिसिङले आफ्नो मूल्यांकनका लागि ऊर्जा मन्त्रालयमा गत पुस २५ गते आफ्नो प्रतिवेदन बुझाएका थिए ।
ऊर्जा सचिव आचार्यले हिजो (आइतबार) सहसचिव मण्डललाई कार्यकारी निर्देशक घिसिङको कार्य सम्पादन मूल्यांकनमा पछाडिकै मिति राखी शून्य नम्बर दिएर आज प्राधिकरणमा पत्राचार गर्न निर्देशन दिएको स्रोतले बतायो ।
जबकी कार्य सम्पादन मूल्यांकन मन्त्रालयका कुनै सहसचिव वा अधिकारीले गर्ने नै होइन । ऊर्जा मन्त्रालय र कार्यकारी निर्देशकबीच भएको कार्य सम्पादनसम्बन्धी सम्झौताको खण्ड ९ को ९.१ अनुसार कार्य सम्पादन मूल्यांकनका लागि मन्त्रालयका सहसचिवको संयोजकत्वमा ४ सदस्यीय समितिले मूल्यांकन गर्ने भनिएको छ ।
जसमा निज सहसचिवसहित मन्त्रालयले नियुक्त गरेको विषय विज्ञ एकजना, मन्त्रालयकै कानुन महाशाखाको सहसचिव र मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव छन् ।
नियमानुसार घिसिङले आफ्नो कार्य सम्पादन मूल्यांकनको नम्बर दाबी गरेपछि मन्त्रालयको ऊर्जा महाशाखा (साविकको नीति महाशाखा) को सहसचिवको संयोृजकत्वमा त्यस्तो समितिले मात्र मूल्यांकन गरी नम्बर दिन पाउँछ ।
घिसिङलाई नेपाल सरकार मन्त्रिपरिषद्ले २०७८ साउन २५ गतेको निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा १७(१) बमोजिम चार वर्षका लागि नियुक्त गरेको हो । उनको कार्यावधिमा कार्य सम्पादन मूल्यांकन हुने विधि ऊर्जा मन्त्रालय र कार्यकारी निर्देशक भएको सम्झौतनामा तोकिएको छ ।
यसअनुसार हरेक वर्षको साउनदेखि असारका लागि मूल्यांकन हुने गर्छ । गत असार अन्तिम साता सरकार परिवर्तन भई वर्तमान सरकार आएपछि घिसिङले आफ्नो कार्य सम्पादन मूल्यांकनका लागि गत पुस २५ गते
यो वर्ष घिसिङको कार्यकालको अन्तिम वर्ष हो । यसअघि उनले पहिलो वर्षका लािग ९४.२३, दोस्रो वर्षका लागि ९८.९४ प्रतिशत पाएका थिए । तेस्रो वर्षका लागि घिसिङले ९८.२५ प्रतिशत दाबी गरेका थिए ।
यस सम्बन्धमा ऊर्जा सचिव आचार्य सम्पकर्ममा आउन चाहेनन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निर्माण उद्योगको अराजकता अन्त्य, सुनकोसी-मरिन डाइभर्सनमा ठेकेदारलाई सर्वाेच्चको झापड
-
परराष्ट्र र अर्थमन्त्रीसँग कतारी प्रतिनिधिमण्डलको भेट, नेपाल–कतार द्विपक्षीय लगानी र निजी क्षेत्र सहकार्यमा छलफल
-
कतारी लगानी आकर्षणबारे राष्ट्र बैंकका गभर्नरसँग छलफल
-
नेप्से दोहोरो अंकले घट्यो, ८ अर्बभन्दा बढीको कारोबार
-
अबदेखि जलाशययुक्तको पीपीए दर घटीमा प्रतियुनिट ८.४५ रुपैयाँ र बढीमा प्रतियुनिट १४.८० रुपैयाँ
-
बजेट अर्धवार्षिक समीक्षा : लक्ष्यमा भारी कटौती, विकास खर्च निराशाजनक