नेपाल र बंगलादेशबीच भोलि बिहीबार हाेटेल याक एण्ड यतिमा ४० मेगावाट बिजुली निर्यातसम्बन्धी सम्झौता हुँदै
जलसरोकार
काठमाडौं : नेपाल र बंगलादेशबीच भोलि बिहीबार काठमाडौंको होटल याक एण्ड यतिमा नेपालमा पैदा भएको ४० मेगावाट बिजुली बंगलादेशमा निर्यात गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
सम्झौतामा नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच विद्युत् विक्री सम्झौता (पीएसए) मा हस्ताक्षर हुनेछ ।
नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन (सञ्चालन) समितिको काठमाडौंमा आज बुधबार भएको छैटौं बैठकमा यस्तो सहमति भएको नेपालको ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

हिजो मंगलबार सहसचिवस्तरीय बैठक (जेडब्लूजे) ले यस्तो सम्झौताका लागि सचिव स्तरीय बैठक (जेएससी) लाई सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त सिफारिशलाई जेएससीलदले आज अनुमोदन गरेको हो ।
बैठकले नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने पनि सहमति गरेको विज्ञप्तिमा छ ।
नेपाल र बंगलादेशबीच बिजुलीको व्यापार वा कारोबार हुन भारत सहमत हुनैपर्ने भौगोलिक बाध्यता (बंगलादेश र नेपालको भूमिबीच भारतीय भूमि रहेकाले) छ । त्यही भएकाले नेपाल, बंगलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विद्युत् क्षेत्रमा सहकार्य गर्न द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गर्ने निर्णय समेत आजको सचिवस्तरीय बैठकमा भएको नेपालको ऊर्जा मन्त्रालयले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
बैठकले नेपालको जलविद्युत्मा लगानी प्रवद्र्धन गर्न बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरुको खोजी गर्ने पनि सहमति भएको छ ।
बैठकमा ठूला जलविद्युत् मात्र होइन, वैकल्पिक ऊर्जामा समेत दुई देशबीच सहकार्य गर्ने सहमति भएको छ । वैकिल्पक ऊर्जाको क्षेत्रमा नेपालको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बंगलादेशको दीगो तथा नवीकरणीस्य ऊर्जा विकास प्राधिकरणबीच सहकार्य गर्नेसम्बन्धीमा समझादरी पत्रलाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रुपम दिने र हस्ताक्षर गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिअनुसार दुई देशका सचिवस्तरीय बैठकमा छलफलको क्रममा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् बंगलादेशकले खरिद गर्ने सम्बन्धमा बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, भारतको जीएमआर (लाइसेन्स होल्डर) बीच हुने विद्युत्ु विक्री सम्झौता (पीएसए) सम्बन्धमा समेत बंगलालेशले नेपाललाई अवगत गराएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधिमण्डल भेटघाटमा व्यस्त
-
म्याग्दीमा जलविद्युत्काे सम्भावना र चुनावी मुद्दा
-
महासंघको पहलमा नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल
-
नेपाल–कतार व्यापार सहकार्य विस्तार गर्न कतारी टोली काठमाडौं आइपुग्यो
-
आज पनि बढ्यो सुनको भाउ, बजारमा कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बहुसूचक सर्वेक्षण : ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच, गण्डकीमा धेरै, कर्णालीमा कम