केन्द्रले आगामी माघ १३, १४ र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी उक्त दिवस मनाउने जनाएको छ ।
दिवसको पहिलो दिन माघ १३ गते सरोकारवालाहरुसँगको अन्तर्क्रिया गरी यस क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती तथा अवसरहरुको बारेमा छलफल गर्ने जनाएको छ ।
दोस्रो दिन माघ १४ गने नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरकारको प्राथमिकता तथा आवश्यकता सम्बन्धमा जानकारी गराउने, विकास साझेदारहरुको प्राथमिकता सम्बन्धमा जानकारी हासिल गर्ने एवं आगामी सहकार्य सम्बन्धमा छलफल गर्ने उद्देश्यले विकास साझेदारहरुसँगको बैठक हुने केन्द्रले जारी गरेको विज्ञप्तिमा छ ।
त्यसैगरी तेस्रो दिन माघ १५ गते उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी सम्मेलन हुने भएको छ ।
तेस्रो दिनको कार्यक्रममा नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने स्वच्छ ऊर्जा रुपान्तरणलाई तीव्रता दिनको लागि सरोकारवालाहरुबीच अनुभव आदान प्रदान, लगानीको अवसरबारे अन्तर्क्रिया एवं आवश्यक रणनीति तर्जुमाको लागि विभिन्न प्रस्तुतिहरु तथा छलफल हुनेछन् ।
सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी/गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक/प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ताहरु, यस क्षेत्रका अभ्यासकर्ता , निजी क्षेत्र, सञ्चार जगत, नगारिक समाज एवं क्षेत्रगत विज्ञहरु एउटै स्थलमा उपस्थित हुने अवसर जुटाउनेछ केन्द्रले जनाएको छ ।
कार्यक्रममा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनको क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ३५० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । यसको लागि १० भन्दा बढी विभिन्न संस्थाहरुको सहयोग रहनेछ ।
कार्यक्रमको उद्घाटन सत्रमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी प्रस्तुती एवं नेपाल सरकार, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिको मन्तव्य समेटिनेछ ।
दोस्रो चरणमा ऊर्जा रुपान्तरण सम्बन्धी निम्न विषयवस्तुमा आधारित रहेर ५ वटा पूर्ण सत्र सञ्चालन गरिनेछ यसमा ऊर्जा रुपान्तरणको क्षेत्रगत अवस्था, अवसर तथा चुनौति, दोस्रोमा खुद शुन्य उत्सर्जन र उत्थानशील अर्थतन्त्रको लक्ष्य हासिलको लागि ऊर्जा रुपान्तरण, तेस्रोमा ऊर्जा रुपान्तरणको लागि लगानी तथा कार्बन वित्त : आन्तरिक र बाह्य लगानीको आवश्यकता, चौथौमा ऊर्जा रुपान्तरणको लागि नियामक ढाँचा, सुशासन र क्षमता विकास र पाँचौंमा न्यून कार्बनमा आधारित अर्थतन्त्र सहितको ऊर्जा रुपान्तरणको लागि भविश्यको मार्गचित्रसमावेश हुनेछ ।
सम्मेलनबाट ऊर्जा रुपान्तरणको लागि क्षेत्रगत आवश्यकताको पहिचान, ऊर्जा रुपान्तरणको लागि लगानी आवश्यकता र जलवायु वित्तको लागि विभिन्न संयन्त्रहरुको पहिचान, लगानी अभिवृद्धि एवं विकास सहकार्य थप मजबुत हुने अपेक्षा केन्द्रको छ ।
सम्मेलनबाट नेपाल सरकारबाट हालै स्वीकृत "ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१" र "विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८०" को प्रभावकारी कार्यान्वयनका लागि समेत सहयोग पुग्ने केन्द्रको दाबी छ ।
सेयर बजारमा सामान्य अङ्कको गिरावट
सिंचाईंको महशुल नबुझाउने पालिकाको प्राधिकरणले काट्यो लाइन, मर्कामा किसान
रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राष्ट्र बैंकले २० दिनका लागि बुधबार ३५ अर्बको तरलता खिच्दै
नुप्चे लिखु (५७.५ मेगावाट) को निर्माण ८३ प्रतिशत पूरा
एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?