वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित, ठूला भौतिक पूर्वाधार विकासको नयाँ ढोका खोल्ले : अर्थमन्त्री पौडेल
जलसरोकार
काठमाडौं : वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
आजको बैठकमा प्रस्तुत विधेयकलाई सबै दलका सांसदहरूले समर्थन गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारका आयोजनामा लगानी गर्न नयाँ ढोका खोल्ने बताए । उनले यो विधेयक नेपालका विकास आवश्यकतालाई सम्बोधन गर्ने महत्त्वपूर्ण कानुनी प्रबन्ध भएको उल्लेख गर्दै छोटो समयमा पनि संसदले महत्त्वपूर्ण कार्य सम्पन्न गर्न सक्ने उदाहरण प्रस्तुत भएको बताए ।
विधेयकमाथि भएको छलफलमा प्रतिपक्षी दलका सांसदहरूले पनि नयाँ अवधारणा ल्याएको भन्दै सरकारलाई धन्यवाद दिएका थिए । अर्थ समितिमा छलफल सम्पन्न भएपछि प्रतिनिधिसभामा प्रस्तुत गरिएको विधेयक वैकल्पिक स्रोत जुटाएर उच्च प्रतिफल दिने ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यका साथ ल्याइएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य