वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित, ठूला भौतिक पूर्वाधार विकासको नयाँ ढोका खोल्ले : अर्थमन्त्री पौडेल
जलसरोकार
काठमाडौं : वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
आजको बैठकमा प्रस्तुत विधेयकलाई सबै दलका सांसदहरूले समर्थन गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारका आयोजनामा लगानी गर्न नयाँ ढोका खोल्ने बताए । उनले यो विधेयक नेपालका विकास आवश्यकतालाई सम्बोधन गर्ने महत्त्वपूर्ण कानुनी प्रबन्ध भएको उल्लेख गर्दै छोटो समयमा पनि संसदले महत्त्वपूर्ण कार्य सम्पन्न गर्न सक्ने उदाहरण प्रस्तुत भएको बताए ।
विधेयकमाथि भएको छलफलमा प्रतिपक्षी दलका सांसदहरूले पनि नयाँ अवधारणा ल्याएको भन्दै सरकारलाई धन्यवाद दिएका थिए । अर्थ समितिमा छलफल सम्पन्न भएपछि प्रतिनिधिसभामा प्रस्तुत गरिएको विधेयक वैकल्पिक स्रोत जुटाएर उच्च प्रतिफल दिने ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यका साथ ल्याइएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी