किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक छ : मन्त्री घिसिङ
जलसरोकार
नवलपरासी : ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घरघरमा बत्ती पुगेजस्तै किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन् । कृषि क्षेत्रमा विद्युतीकरण विस्तार गरेर उत्पादन लागत घटाउन र किसानलाई प्रत्यक्ष लाभ पुग्ने व्यवस्था गर्नुपर्ने उनको जोड छ ।
पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतसम्म विद्युत् पु¥याउन सके कृषि उत्पादन बढ्ने र सिँचाइ लागत घट्ने बताए । “कृषि विद्युतीकरण बिना किसानको वास्तविक समस्या समाधान हुँदैन,” उनले भने, ।
मन्त्री घिसिङले विकासको नाममा जथाभावी लगानी भइरहेकोप्रति पनि असन्तोष व्यक्त गरे । प्राथमिकता नतोकी भ्यूटावरजस्ता क्षेत्रमा अर्बौँ रुपैयाँ खर्च गरेर देश समृद्ध नबन्ने उल्लेख गर्दै उनले विकासलाई उत्पादन, रोजगारी र जनजीवनसँग प्रत्यक्ष जोड्नुपर्ने धारणा राखे ।
यसैक्रममा मन्त्री घिसिङले पश्चिम नवलपरासीका विभिन्न स्थानमा निर्माणाधीन तथा अधुरा आयोजनाको स्थलगत अवलोकनसमेत गरे । प्रतापपुर गाउँपालिका–७ गुठ्ठीसूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको निरीक्षण गर्दै उहाँले टर्बाइनलगायत उपकरण छिट्टै मर्मत गरी विद्युत् उत्पादन बढाउन निर्देशन दिए ।
“समृद्ध देश निर्माण र सुशासन कायम गर्न नेतृत्वको सही चयन आवश्यक छ,” मन्त्री घिसिङले भने । उनले उज्यालो नेपाल पार्टीले कुनै एक क्षेत्र मात्र नभई समग्र क्षेत्रलाई समेटेर नेपाललाई उज्यालो बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारे ।
मन्त्री घिसिङको भनाइले कृषि, ऊर्जा र पूर्वाधार विकासलाई एकआपसमा जोडेर अघि बढाउनुपर्ने सन्देश दिएको स्थानीय सहभागीहरूले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक छ : मन्त्री घिसिङ
-
दार्चुलाको छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु, १२० परिवार लाभान्वित
-
सेयर बजार फेरि २६ सयमुनि, नेप्से १९.९२ अंकले घट्यो
-
तिला लघुजलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण अलपत्र
-
बाग्मती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
-
सुनचाँदीको मूल्यमा उतारचढाव : चाँदी नयाँ उच्चतामा, सुनमा सामान्य गिरावट