किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक छ : मन्त्री घिसिङ
जलसरोकार
नवलपरासी : ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घरघरमा बत्ती पुगेजस्तै किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताएका छन् । कृषि क्षेत्रमा विद्युतीकरण विस्तार गरेर उत्पादन लागत घटाउन र किसानलाई प्रत्यक्ष लाभ पुग्ने व्यवस्था गर्नुपर्ने उनको जोड छ ।
पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतसम्म विद्युत् पु¥याउन सके कृषि उत्पादन बढ्ने र सिँचाइ लागत घट्ने बताए । “कृषि विद्युतीकरण बिना किसानको वास्तविक समस्या समाधान हुँदैन,” उनले भने, ।
मन्त्री घिसिङले विकासको नाममा जथाभावी लगानी भइरहेकोप्रति पनि असन्तोष व्यक्त गरे । प्राथमिकता नतोकी भ्यूटावरजस्ता क्षेत्रमा अर्बौँ रुपैयाँ खर्च गरेर देश समृद्ध नबन्ने उल्लेख गर्दै उनले विकासलाई उत्पादन, रोजगारी र जनजीवनसँग प्रत्यक्ष जोड्नुपर्ने धारणा राखे ।
यसैक्रममा मन्त्री घिसिङले पश्चिम नवलपरासीका विभिन्न स्थानमा निर्माणाधीन तथा अधुरा आयोजनाको स्थलगत अवलोकनसमेत गरे । प्रतापपुर गाउँपालिका–७ गुठ्ठीसूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको निरीक्षण गर्दै उहाँले टर्बाइनलगायत उपकरण छिट्टै मर्मत गरी विद्युत् उत्पादन बढाउन निर्देशन दिए ।
“समृद्ध देश निर्माण र सुशासन कायम गर्न नेतृत्वको सही चयन आवश्यक छ,” मन्त्री घिसिङले भने । उनले उज्यालो नेपाल पार्टीले कुनै एक क्षेत्र मात्र नभई समग्र क्षेत्रलाई समेटेर नेपाललाई उज्यालो बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारे ।
मन्त्री घिसिङको भनाइले कृषि, ऊर्जा र पूर्वाधार विकासलाई एकआपसमा जोडेर अघि बढाउनुपर्ने सन्देश दिएको स्थानीय सहभागीहरूले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अनुमति दिने कार्यालयमा सीमित नरहोस्, आयोजना कार्यान्वयनको सहजकर्ता बनोस् : विद्युत् विकास विभागलाई सचिव दवाडीको निर्देशन
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह