११७ किमि विद्युत् प्रसारण लाइन निर्माणकाे सम्झौता
जलसरोकार
काठमाडौँ: मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनाअन्तर्गत ११७ किलोमिटर प्रसारण लाइन निर्माण गर्न सम्झौता गरेको छ ।
यससँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको छ । आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौँको लप्सिफेदी सवस्टेशनदेखि नुवाकोटस्थित रातमाटे सवस्टेशन हुँदै मकवानपुरको हेटौँडा सवस्टेशनसम्म चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्नेछ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट प्रदान गरिएको ठेक्काको मूल्य करिब ७६६ दशमलव ५० लाख अमेरिकी डलर रहेको छ । सम्झौताअन्तर्गत प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनका काम गरिनेछ । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिश–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात् एमसिसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको प्रगतिलाई महत्त्वपूर्ण उपलब्धि बताएका छन् ।
यसअघि नै एमसिए–नेपालले नुवाकोटको रातमाटे सवस्टेशनदेखि तनहुँको दमौली, त्यहाँदेखि नवलपरासीको नयाँ बुटवल हुँदै नेपाल–भारत सीमासम्मका १९८ किमि प्रसारण लाइन निर्माण तथा तीनवटा प्रमुख सवस्टेशन निर्माणका लागि सम्झौता गरिसकेको छ ।
एमसिसी नेपाल कम्प्याक्टले निजी लगानी अभिवृद्धि, सीमापार ऊर्जा व्यापार, यातायात सञ्जाल सुधार र दीर्घकालीन आर्थिक विकासलाई लक्ष्य राख्दै विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजनाको कार्यान्वयन अघि बढाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी