माथिल्लो मुडीखोला जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनका लागि सम्झौता
जलसरोकार
काठमाडौँ: १२.७३ मेगावाट क्षमताको माथिल्लो मुडीखोला जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन (म्भतबष्भिम भ्लनष्लभभचष्लन म्भकष्नल) गर्ने सम्बन्धमा फ्रेश वाटर एनर्जी लिमिटेड र युनिट्स इन्जिनियरिङ एण्ड कन्सल्टेन्ट प्रा. लि. बीच सम्झौतामा हस्ताक्षर गरिएको छ ।
उक्त सम्झौता २०८२ साल कात्तिक १९ गते (नोभेम्बर ५, २०२५) मा सम्पन्न भएको हो । सम्झौतामा फ्रेश वाटर एनर्जी लिमिटेडका अध्यक्ष श्री प्रकाश दुलाल र युनिट्स इन्जिनियरिङ एण्ड कन्सल्टेन्ट प्रा. लि. का अध्यक्ष इन्जिनियर राजेन्द्र बी.सी.ले हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि दुबै पक्षले आयोजनाको डिजाइन कार्यलाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजना तयारी अवस्थामा रहेको र विस्तृत डिजाइन सम्पन्न भएपछि निर्माण प्रक्रियामा प्रवेश गरिने जानकारी कम्पनीका अध्यक्ष दुलालले दिए ।
फ्रेश वाटर एनर्जी लिमिटेडले निजी लगानीमा जलविद्युत् परियोजना विकास गर्दै आएको छ भने युनिट्स इन्जिनियरिङ एण्ड कन्सल्टेन्ट प्रा. लि.ले देशका विभिन्न जलविद्युत् आयोजनामा इन्जिनियरिङ परामर्श सेवा प्रदान गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला