माथिल्लो मुडीखोला जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनका लागि सम्झौता
जलसरोकार
काठमाडौँ: १२.७३ मेगावाट क्षमताको माथिल्लो मुडीखोला जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन (म्भतबष्भिम भ्लनष्लभभचष्लन म्भकष्नल) गर्ने सम्बन्धमा फ्रेश वाटर एनर्जी लिमिटेड र युनिट्स इन्जिनियरिङ एण्ड कन्सल्टेन्ट प्रा. लि. बीच सम्झौतामा हस्ताक्षर गरिएको छ ।
उक्त सम्झौता २०८२ साल कात्तिक १९ गते (नोभेम्बर ५, २०२५) मा सम्पन्न भएको हो । सम्झौतामा फ्रेश वाटर एनर्जी लिमिटेडका अध्यक्ष श्री प्रकाश दुलाल र युनिट्स इन्जिनियरिङ एण्ड कन्सल्टेन्ट प्रा. लि. का अध्यक्ष इन्जिनियर राजेन्द्र बी.सी.ले हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि दुबै पक्षले आयोजनाको डिजाइन कार्यलाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजना तयारी अवस्थामा रहेको र विस्तृत डिजाइन सम्पन्न भएपछि निर्माण प्रक्रियामा प्रवेश गरिने जानकारी कम्पनीका अध्यक्ष दुलालले दिए ।
फ्रेश वाटर एनर्जी लिमिटेडले निजी लगानीमा जलविद्युत् परियोजना विकास गर्दै आएको छ भने युनिट्स इन्जिनियरिङ एण्ड कन्सल्टेन्ट प्रा. लि.ले देशका विभिन्न जलविद्युत् आयोजनामा इन्जिनियरिङ परामर्श सेवा प्रदान गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा