नबिल बैंक सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एमसिसी अन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माणका लागि सम्झौता

जलसरोकार
बिहीबार, साउन २९, २०८२ | १०:४३:३५ बजे

 

काठमाडौं: संयुक्त राज्य अमेरिकाको सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत प्रसारण आयोजना अघि बढाउन दुई ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ ।

एमसिसीको कार्यान्वयन निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्रमार्फत रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता गरेको हो।

यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिनेछ । कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर (करीब २१ अर्ब ६३ करोड रुपैयाँ) रहनेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि, एमसिसीका कार्यवाहक उपाध्यक्ष, र नेपालस्थित अमेरिकी दूतावासका अधिकारी उपस्थित थिए ।

एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले सम्झौताले नेपालको ऊर्जा पहुँच, विश्वसनीयता र क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुर्याउने बताए। अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्दै सरकारी सहयोग निरन्तर रहने उल्लेख गरे ।

नेपालस्थित अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसन मीक्सले यो सम्झौता अमेरिकाको नेपालप्रतिको स्थायी प्रतिबद्धताको प्रतीक भएको बताए। एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपाल सरकार र सरोकारवालाको साझा प्रतिबद्धताले कम्प्याक्टको सफल कार्यान्वयन सम्भव हुने विश्वास व्यक्त गरे ।

एमसिसी नेपाल कम्प्याक्ट ६९ करोड ७० लाख अमेरिकी डलरको लगानी कार्यक्रम हो, जसअन्तर्गत विद्युत प्रसारण र सडक मर्मत आयोजनामार्फत निजी क्षेत्रको लगानी अभिवृद्धि र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : बिहीबार, साउन २९, २०८२ | १०:४३:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया