रायन इनर्जी र ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता
जलसरोकार
काठमाडौं : रायन इनर्जी प्रा.लि.र ग्लोबल आइएमई क्यापिटल लि. बीच सम्झौता सम्पन्न भएको छ ।
रायन इनर्जीले आ.व २०८२÷८३ मा प्राथमिक शेयर निष्काशन गर्न लागेको हुँदा संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा, तथा प्राथमिक शेयर निष्काशन सम्बन्धी सेवाको लागि उक्त सम्झौता भएको हो ।
ग्लोबल आइएमई बैंकको शाखा कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा रायन इनर्जी प्रा.लि.को तर्फबाट प्रबन्ध सञ्चालक दिपक कुमार रौनियार र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नेपालका अग्रणी नविकरणीय ऊर्जा क्षेत्रका लगानीकर्ताद्वारा स्थापित दुई तथा तिन पाङ्ग्रे विद्युतीय सवारी साधनहरुको संयोजन तथा उन्नत ब्याट्री स्वाप मेकानिजम र सञ्चालन प्रणाली एकिकृत गर्ने तथा नेपालको यातायत क्षेत्रमा दिगो भविष्य निर्माण गर्ने उद्देश्यले स्थापित उक्त कम्पनी गठन भएको हो ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार उक्त कम्पनीले २०७८ साल पुस ५ गतेदेखि उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट विभिन्न प्रकारका इलेक्ट्रिक साधनहरु (दुई पाङ्ग्रे, तीन प्राङ्गे र चार प्राङ्गे) उत्पादन गर्नको निमित्त अनुमति प्राप्त गरी कार्य सञ्चालन गरेको हो ।
संस्थामा विभिन्न क्षेत्रमा अनुभवी तथा नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि कार्य गर्दै आएका व्यवसायीहरुको समूहद्वारा स्थापित व्यावसायिक संस्था रहेको कम्पनीले जनाएको छ ।
उक्त समूहले एसेम्बली प्लान्ट, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण र वितरण, ग्रामीण तथा शहरी विद्युतीकरणको साथै सौर्य सिंचाईं, पावर ब्याकअप प्रणाली एकीकरण तथा स्थापना लगायताका विभिन्न व्यावसायिक क्षेत्रमा विशेषज्ञता हासिल गरेको जनाएको छ ।
‘यसले हालको बजार अवस्थाको गहिरो विश्लेषण गर्दै नेपालमा दिगो तथा स्वच्छ यातायात प्रणली विकासमा अग्रणी स्थान हासिल गर्न सक्ने विश्वास लिएको छ,’ विज्ञप्तिमा छ ।
कम्पनीले नवीकरणीय ऊर्जामा आधारित दिगो यातायात प्रवद्र्घन गर्न प्रतिबद्घ रहनुका साथै बजारमैत्री विद्युतीय सवारी साधनहरुको निर्माण तथा डिजाइन, विकास तथा उत्पादनमार्फत अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता, उत्हृष्ट प्रदर्शन तथा वातावरणीय स्थायित्वप्रति प्रतिबद्घता सहित स्वच्छ तथा दिगो यातायात प्राणली विकासमा कटिबद्घ रही कार्य गर्ने लक्ष्य राखेको छ ।
यस कम्पनीमा नविकरणीय ऊर्जा क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा
-
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध