बाढीपहिरोले विद्युत्मा क्षति पुर्याएपछि तिलगाउँ अध्यारोमा
जलसरोकार
हुम्ला: हिमताल फुटेर लेदो सहितको बाढीपहिरोले लघु जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा १ करोड २० लाख लगतमा बनेको उक्त लघु जलविद्युत् आयोजनामा क्षति भएको हो ।
विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टका अनुसार लघु जलविद्युत् बगाउँदा तिलगाउँका स्थानीय अध्यारोमा बस्न बाध्य भएका छन् ।
१५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । करिब ४ सय रोपनी जमिनमा सिँचाइ गर्ने कुलो र खानेपानी समेत बगाएको छ ।
१ जेठको राति हिमपहिरो आएपछि तिलगाउँ अहिले पनि जोखिममा छ । समुद्री सतहदेखि ३ हजार ९४८.३४ मिटरको उचाइमा रहेको सुन्दर तिलगाउँलाई हिमपहिरोले उजाड बनाइदिएको छ । एकैठाउँ गुजुमुज्ज भएका घर अहिले खाली छन् ।
हिमताल फुटेर लेदो सहितको बाढी आएपछि तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको थियो ।
त्यस्तै उक्त बाढीले खानेपानीमा पनि क्षति पुर्याएको छ । खानेपानी मर्मतका लागि खानेपानीको पाइप पुगिसकेको पनि उनले बताए । अब १ हजार ८ सय मिटर पाइप जान बाँकी रहेको उनको भनाइ छ । ओभरसियर अहिले तिलगाउँमै बसेर काम सुरु गरेको उनको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै