बाढीपहिरोले विद्युत्मा क्षति पुर्याएपछि तिलगाउँ अध्यारोमा
जलसरोकार
हुम्ला: हिमताल फुटेर लेदो सहितको बाढीपहिरोले लघु जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा १ करोड २० लाख लगतमा बनेको उक्त लघु जलविद्युत् आयोजनामा क्षति भएको हो ।
विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टका अनुसार लघु जलविद्युत् बगाउँदा तिलगाउँका स्थानीय अध्यारोमा बस्न बाध्य भएका छन् ।
१५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । करिब ४ सय रोपनी जमिनमा सिँचाइ गर्ने कुलो र खानेपानी समेत बगाएको छ ।
१ जेठको राति हिमपहिरो आएपछि तिलगाउँ अहिले पनि जोखिममा छ । समुद्री सतहदेखि ३ हजार ९४८.३४ मिटरको उचाइमा रहेको सुन्दर तिलगाउँलाई हिमपहिरोले उजाड बनाइदिएको छ । एकैठाउँ गुजुमुज्ज भएका घर अहिले खाली छन् ।
हिमताल फुटेर लेदो सहितको बाढी आएपछि तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको थियो ।
त्यस्तै उक्त बाढीले खानेपानीमा पनि क्षति पुर्याएको छ । खानेपानी मर्मतका लागि खानेपानीको पाइप पुगिसकेको पनि उनले बताए । अब १ हजार ८ सय मिटर पाइप जान बाँकी रहेको उनको भनाइ छ । ओभरसियर अहिले तिलगाउँमै बसेर काम सुरु गरेको उनको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?