ग्राहकको उत्साहजनक सहभागितापछि ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’योजना असार मसान्तसम्म
जलसरोकार
काठमाडौं: नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ ।
नयाँ वर्षका अवसरमा सुरु गरिएको यो योजना अब असार मसान्तसम्म लागु हुने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत क्रेडिट कार्ड लिन कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिन ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफुलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन् ।
यो योजनाले आधुनिक बैंकिङ प्रवद्र्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेको छ । ‘बाई नाउ, पे लेटर’ मार्फत ग्राहकले क्रेडिट कार्ड प्रयोग गरेर शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले नबिल बैंकको शाखामा गई यसबारे थप जानकारी लिन तथा लाइफटाइम फ्रि क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
साथै, nbank मा गई अनलाइन मार्फत पनि आवेदन पनि दिन सक्ने जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?