नवीकरणीय ऊर्जामा आत्मनिर्भरता र रोजगारी सृजनामा केन्द्रको प्राथमिकता
जलसरोकार
काठमाडौं ट्ठ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) ले स्वच्छ ऊर्जा रूपान्तरणलाई गति दिँदै आयातित खनिज इन्धनको विकल्पमा देशभित्रै उत्पादन हुने नवीकरणीय ऊर्जाको प्रयोग विस्तार गर्न जोड दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको एक विशिष्ट निकायका रूपमा कार्यरत केन्द्रले विद्युतीय ऊर्जाको खपत वृद्धि, स्वच्छ ऊर्जा प्रवर्द्धन र वैदेशिक मुद्रा सञ्चितिमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
केन्द्रले स्वदेशमै रोजगारी सृजना गर्न र युवाहरूलाई विदेशिनबाट रोक्न स्थानीय प्रविधि—जस्तै बायोग्यास, लघु तथा साना जलविद्युत, सुधारिएको चुलो र सौर्य ऊर्जा प्रणाली—को प्रवर्द्धनमा विशेष ध्यान दिइरहेको छ। यसका लागि साना लगानीकर्ता, स्थानीय उद्यमी तथा प्राविधिकको संरक्षण र सशक्तीकरणका लागि थप कार्यक्रम र बजेट आवश्यक रहेको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बताए ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकलाई संघीय संसदबाट स्वीकृत गरी ऐनको रूप दिने, सोही अनुसार नियमावली र संगठन संरचना स्वीकृत गर्ने तयारी तीव्र पार्नुपर्ने आवश्यकता पनि केन्द्रले औंल्याएको छ।
विकास साझेदारहरूको सहयोगमा सञ्चालित परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारको प्रतिबद्धताअनुरूपको समपुरक कोष उपलब्ध हुनुपर्ने केन्द्रको सुझाव छ। पूर्ण विद्युतीकरण, खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको विस्तार, पुराना वा विपदग्रस्त लघु तथा साना जलविद्युत आयोजना र सौर्य मिनीग्रिडको पुनःस्थापना, साथै राष्ट्रिय ग्रिड पुगेका स्थानहरूलाई प्रसारण लाइनमा जोड्ने कार्यका लागि बजेट सुनिश्चित गर्नुपर्ने बताइएको छ।
मन्त्रालयको नीतिगत मार्गदर्शनका आधारमा केन्द्रले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता प्रवर्द्धनमार्फत आफूलाई देशको अग्रणी विशिष्टता केन्द्र (Center of Excellence) का रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै