वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको उपलब्धी : देशभर ३७ लाखभन्दा बढी घरधुरीमा स्वच्छ ऊर्जाको सेवा
जलसरोकार
काठमाडौं: वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) ले स्थापना कालदेखि हालसम्म देशका विभिन्न भूभागमा नवीकरणीय ऊर्जाका विविध प्रविधिहरू विस्तार गर्दै महत्वपूर्ण उपलब्धी हासिल गरेको छ। केन्द्रको ताजा विवरणअनुसार आ.व. २०८१/८२ को अन्त्यसम्म देशभर ३७ लाखभन्दा बढी घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ।
केन्द्रका अनुसार हालसम्म ४०,६५५ किलोवाट क्षमताका लघु तथा साना जलविद्युत आयोजना सञ्चालनमा आएका छन्। त्यस्तै, १० लाख ७८९ घरधुरीमा घरेलु सौर्य विद्युत प्रणाली, ४,५४० संस्थागत सौर्य प्रणाली, ३,४७५ किलोवाट पिक क्षमताका सौर्य मिनिग्रिड तथा सौर्य-वायु मिश्रित मिनिग्रिड जडान गरिएका छन्। साथै ३०,९३९ किलोवाट पिक क्षमताका सौर्य रुफटप प्रणाली पनि स्थापना भएका छन्।
केन्द्रले देशभर ४,२८० सौर्य खानेपानी तथा सिंचाइ पम्प, २,४६४ सौर्य ड्रायर र कुकर, र ३,३०९ सौर्य सडक बत्ती जडान गरेको छ। मठ-मन्दिर तथा होमस्टेहरूमा ४,८६५ सौर्य प्रणाली स्थापना गरिएको छ। जैविक ऊर्जातर्फ, ४ लाख ५६ हजार ७६६ घरायसी बायोग्यास, १४ लाख २३ हजार २४२ सुधारिएको माटोको चुलो, १ लाख ५६ हजार ५३१ फलामे सुधारिएको चुलो र ३७८ संस्थागत, शहरी तथा व्यवसायिक बायोग्यास प्लान्ट सञ्चालनमा छन्।
ऊर्जाको उत्पादनमूलक उपयोगका लागि १,७६६ परियोजनाहरू सञ्चालनमा आएका छन् भने ३३ संस्थागत ग्यासिफायर प्रविधि र ८२,४८५ विद्युतीय चुलो पनि प्रवर्द्धन गरिएको केन्द्रले जनाएको छ।
वित्तीय तथा भौतिक प्रगतितर्फ केन्द्रले आ.व. २०८१/८२ मा दुई शीर्षकअन्तर्गत उल्लेखनीय नतिजा हासिल गरेको छ। नेपाल सरकारको स्रोतमा आधारित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र कार्यक्रम तर्फ ९४ प्रतिशत भौतिक र ८१ प्रतिशत वित्तीय प्रगति प्राप्त भएको छ।
त्यस्तै, नेपाल सरकार र विकास साझेदार संस्थाहरूको संयुक्त लगानीमा सञ्चालित राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम तर्फ ५५ प्रतिशत भौतिक र ५४ प्रतिशत वित्तीय प्रगति हासिल भएको केन्द्रले जनाएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ग्रामीण क्षेत्रका घरधुरीदेखि उद्योग र सार्वजनिक संस्थासम्म स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तार गरी दिगो ऊर्जा रूपान्तरणतर्फ देशलाई अगाडि बढाउने प्रयास गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता