फाइनान्सियल एक्सन टास्कफोर्सको सघन निगरानी सूची (ग्रे लिस्ट) बाट मुक्त हुन प्रभावकारी समन्वय र सुधार कार्य अघि बढाउँदै
जलसरोकार
काठमाडौं । फाइनान्सियल एक्सन टास्कफोर्स (FATF) को सघन निगरानी सूची (Grey List) बाट मुक्त हुन नेपालले प्राप्त कार्ययोजनाअनुसार आवश्यक कदमहरू अघि बढाउन सम्बद्ध निकायहरूबीच प्रभावकारी समन्वय गर्ने भएको छ। यसअन्तर्गत नेपाल राष्ट्र बैंकले आफ्नो जिम्मेवारी अन्तर्गत रहेको राष्ट्रिय रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका लागि निगरानी, अनुसन्धान र कारबाहीलाई थप सबल बनाउने तयारी गरेको छ।
एसिया प्यासिफिक समूह (APG) ले प्रकाशन गरेको नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन प्रतिवेदनमा उल्लिखित नियमनकारी निकायहरूसँग सम्बन्धित प्राथमिकताका कार्यहरू र सुधारका सुझावहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने हिजो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ। यसले नेपालको वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अझ पारदर्शी र सुरक्षित बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, मौद्रिक नीतिअनुसार वित्तीय जानकारी इकाई (Financial Information Unit) बाट सम्बन्धित निकायहरूमा पठाइने वित्तीय सूचनालाई (Financial Intelligence) स्वचालित प्रणालीमार्फत व्यवस्थापन गरी अनुसन्धान कार्यको प्रभावकारिता अभिवृद्धि गरिनेछ
यो पहलले नेपाललाई मनी लन्डरिङ र आतंकवादी वित्तपोषण विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबद्धतामा थप मजबुती दिने र FATF को निगरानी सूचीबाट मुक्त हुन सहयोग पुर्याउने विश्वास गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने