फाइनान्सियल एक्सन टास्कफोर्सको सघन निगरानी सूची (ग्रे लिस्ट) बाट मुक्त हुन प्रभावकारी समन्वय र सुधार कार्य अघि बढाउँदै
जलसरोकार
काठमाडौं । फाइनान्सियल एक्सन टास्कफोर्स (FATF) को सघन निगरानी सूची (Grey List) बाट मुक्त हुन नेपालले प्राप्त कार्ययोजनाअनुसार आवश्यक कदमहरू अघि बढाउन सम्बद्ध निकायहरूबीच प्रभावकारी समन्वय गर्ने भएको छ। यसअन्तर्गत नेपाल राष्ट्र बैंकले आफ्नो जिम्मेवारी अन्तर्गत रहेको राष्ट्रिय रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका लागि निगरानी, अनुसन्धान र कारबाहीलाई थप सबल बनाउने तयारी गरेको छ।
एसिया प्यासिफिक समूह (APG) ले प्रकाशन गरेको नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन प्रतिवेदनमा उल्लिखित नियमनकारी निकायहरूसँग सम्बन्धित प्राथमिकताका कार्यहरू र सुधारका सुझावहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने हिजो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ। यसले नेपालको वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अझ पारदर्शी र सुरक्षित बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, मौद्रिक नीतिअनुसार वित्तीय जानकारी इकाई (Financial Information Unit) बाट सम्बन्धित निकायहरूमा पठाइने वित्तीय सूचनालाई (Financial Intelligence) स्वचालित प्रणालीमार्फत व्यवस्थापन गरी अनुसन्धान कार्यको प्रभावकारिता अभिवृद्धि गरिनेछ
यो पहलले नेपाललाई मनी लन्डरिङ र आतंकवादी वित्तपोषण विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबद्धतामा थप मजबुती दिने र FATF को निगरानी सूचीबाट मुक्त हुन सहयोग पुर्याउने विश्वास गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ