ऊर्जा विकासमा एडीबीको भूमिका स्पष्ट : उपप्रधान तथा अर्थमन्त्री पौडेल
जलसरोकार
काठमाडौँ : फोटो पत्रकार क्लव (पीजे क्लब) ले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अवलोकन गरेका छन् ।
नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडीबी र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा भएको सप्ताहव्यापी फोटो प्रदर्शनीमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले हिजो अवलोकन गरेका हुन् ।
अवलोकनपछि पत्रकारहरुसँग बोल्दै उपप्रधान तथा अर्थ मन्त्री पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पुर्याएकोमा एडीबीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगमा निरन्तरता हुनेमा आशावादी रहेको बताए ।
उक्त फोटो प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासहरूलाई दृश्यमार्फत प्रस्तुत गरिएको र प्रदशनीले नेपालको ऊर्जा विकासमा एडीबीको भूमिकालाई स्पष्ट समेत पारेको पौडेलको भनाइ थियो ।
हिजो अवलोकनमा हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जून गौतम, स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष आनन्द चौधरी,र कलाकार बिजय बराल लगायत विशिष्ट व्यक्तित्वहरू, विभिन्न स्कुल,कलेज तथा आम सर्वसाधरणले अवलोकन गरेका थिए ।
हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जून गौतमले उक्त प्रदशनीवाट नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पुर्याएको सहयोग र नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एडिवीको कति भुमिका छ भन्ने देखाएको वताए ।
स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष आनन्द चौधरीले नेपालको ऊर्जा विकासमा एडीबीको सहयोगको पाटोलाई यस फोटो प्रदर्शनी छोएको वताए ।
प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ’बियोन्ड द मिटर’ गरी ४ भागमा विभाजन गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा