कामु गभर्नर ढुंगानाले कार्यकारी निर्देशकको राजीनामा स्वीकृत नगर्ने
जलसरोकार
काठमाडौं: कामु गभर्नर निलम तिम्सिना ढुंगानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्ने बताएकी छन् ।
नेपाल राष्ट्र बैंक, नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीसँग मंगलबारको भेटमा उनले यस्तो बताएकी हुन् ।
‘कार्यकारी निर्देशकको राजीनामा पूर्ण गभर्नर आएपछि स्वीकृत हुन्छ । मैले स्वीकृत गर्न मिल्दैन भन्नुभयो,’ ढुंगानालाई उदृत गर्दै संघका एक पदाधिकारीले भने ।
वैशाख ५ गते राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशकबाट डा. गुणााकर भट्टले बुझाएको राजीनामा ढुंगानाले अझै स्वीकृत गरेकी छैनन् ।
भट्टले राष्ट्र बैंक कर्मचारी नियमावलीअनुसार एक महिनाको अवधि राखेर राजिनामा बुझाएका थिए ।
संघले एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक ऐनअनुसार बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्त गर्नुपर्नेमा रिक्त भएको एक महिनासम्म नयाँ गभर्नर नियुक्त नहुनु लज्जास्पद भएको बताएको छ ।
वित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकलाई राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सिमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बनाउनु र केन्द्रीय बैंकलाई नेतृत्वविहीन राखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य