कामु गभर्नर ढुंगानाले कार्यकारी निर्देशकको राजीनामा स्वीकृत नगर्ने


काठमाडौं: कामु गभर्नर निलम तिम्सिना ढुंगानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्ने बताएकी छन् ।
नेपाल राष्ट्र बैंक, नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीसँग मंगलबारको भेटमा उनले यस्तो बताएकी हुन् ।
‘कार्यकारी निर्देशकको राजीनामा पूर्ण गभर्नर आएपछि स्वीकृत हुन्छ । मैले स्वीकृत गर्न मिल्दैन भन्नुभयो,’ ढुंगानालाई उदृत गर्दै संघका एक पदाधिकारीले भने ।
वैशाख ५ गते राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशकबाट डा. गुणााकर भट्टले बुझाएको राजीनामा ढुंगानाले अझै स्वीकृत गरेकी छैनन् ।
भट्टले राष्ट्र बैंक कर्मचारी नियमावलीअनुसार एक महिनाको अवधि राखेर राजिनामा बुझाएका थिए ।
संघले एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक ऐनअनुसार बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्त गर्नुपर्नेमा रिक्त भएको एक महिनासम्म नयाँ गभर्नर नियुक्त नहुनु लज्जास्पद भएको बताएको छ ।
वित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकलाई राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सिमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बनाउनु र केन्द्रीय बैंकलाई नेतृत्वविहीन राखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक