सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक नेपाल विद्युत प्राधिकरण सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा

जलसरोकार
मंगलबार, मंसिर ०२, २०८२ | १३:५५:५५ बजे

 

काठमाडौं: टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका २३८ परिवारको दीर्घकालीन खानेपानी समस्या समाधान भएको छ। कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले स्थानीयवासी वर्षौँदेखि झेल्दै आएको समस्या अन्त्य भएको हो।

छवटा मुहानबाट पानी संकलन गरी २६ हजार ९५ मिटर पाइपमार्फत बस्तीभरिका घरघरमा आपूर्ति गरिएको छ। आयोजनाअन्तर्गत १५ वटा संकलन ट्यांकी र ९ वटा वितरण ट्यांकी निर्माण गरिएको छ। घरमा सहजै पानी आउन थालेपछि दैनन्दिन जीवनमा ठूलो सुधार आएको स्थानीय राजबहादुर राईले बताए।

वडाध्यक्ष पूर्णप्रसाद राईका अनुसार आयोजनामा मूल्य अभिवृद्धि करसहित कुल लागत रु २ करोड १२ लाख १ हजार २१२ परेको छ। स्थानीय तहले रु ५२ लाख ६३ हजार बराबरको श्रमदान समेत जुटाएको थियो।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले आयोजना सम्पन्न भएपछि अन्नपूर्ण क्षेत्रको पुरानो समस्या हटेको बताइन्। उनका अनुसार आन्तरिक स्रोत सीमित भएकाले गाउँपालिकामा आवश्यक योजना एकैपटक अघि बढाउन कठिनाइ भइरहेको छ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले कार्य भइरहेको बताए। भूगोलजन्य विकटताका कारण कतिपय स्थानमा काम चुनौतीपूर्ण रहेको पनि उनले उल्लेख गरे।

प्रकाशित मिति : मंगलबार, मंसिर ०२, २०८२ | १३:५५:५५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया