जोगबुढा नदीमा ‘गेज मिटर’ राख्न अध्ययन गरिँदै


कञ्चनपुर: बर्सातको समय नजिकिँदै गएपछि जल तथा मौसम विज्ञान विभागले पनि पूर्वतयारी थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले बाढीले सबैभन्दा बढी प्रभावित हुने कञ्चनपुरको कुतियाकवरस्थित जोगबुढा नदीमा ‘कलर कोड’सहितको गेज मिटर राख्नका लागि अध्ययन गरेको छ ।
कलर कोडसहितको गेज मिटरले सर्वसाधारणलाई तुरुन्तै नदीको जल सतह थाहा पाउन सजिलो होस् भन्ने हेतुले कलर कोडसहितको गेज मिटर स्थापना गर्न लागेको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहले जानकारी दिए । उनका अनुसार महाकाली नदीमा गेज मिटर स्थापनाको कार्य सुरु भएको छ भने जोगबुढा नदीमा गेज मिटर राख्नका लागि अध्ययन भइरहेको छ ।
“तटीय क्षेत्रका जनताले विपद्को पूर्वतयारी गर्न सजिलो हुनेछ”, उनले भने,“यसले यहाँका जनताले सजिलैसँग आफ्नो आखाँले हेरेर तुरुन्त बाढीको जोखिमबारे थाहा पाउने र सुरक्षित स्थानमा जान सजिलो हुने गरी काम गरेका छौँ”, उनले हरियो रङले न्यून जोखिमलाई जनाउने र पहेलो रङले चेतावनी तह पुग्दैछौँ भन्ने जानकारी दिने बताए ।
त्यसैगरी सुन्तला रङले अब खतराको नजिक पुग्दै छौँ भन्ने सङ्केत गर्नेछ भने रातो रङले अब हामी खतराको सङ्केत दिने उनले जानकारी दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच