नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न छुट्टै कम्पनी स्थापना हुने
जलसरोकार
काठमाडौं –ऊर्जा उत्पादनको गुणस्तर तथा परिमाणमा सुधार हुने तथा सामूहिक कार्यशैली विकास गर्न छुट्टै नवीकरणीय ऊर्जा प्रवर्द्धन कम्पनी स्थापना हुने भएको छ । नवीकरणीय ऊर्जा क्षेत्रमा क्रियाशील करिब छ सय वटा निजी कम्पनी तथा फर्महरूको संयुक्त प्रयासमा उक्त कम्पनी स्थापना गर्न लागिएको हो । नवीकरणीय ऊर्जा प्रवर्द्धन कम्पनी स्थापना प्रयोजनका लागि नेपाल लघुजलविद्युत् विकास संस्थाको अग्रसरता छलफल अगाडि बढाइएको छ ।
प्रारम्भिक छलफलमा सम्भावित कार्यनीतिका लागि विषयमा छलफल भएको छ । संस्थाका पूर्वअध्यक्ष नवीकरणीय ऊर्जा प्रविधिविद् एवम् उद्यमी सुरेन्द्रभक्त माथेमा, संस्थाका पूर्वअध्यक्ष कृष्णप्रसाद देवकोटा, संस्थाका अध्यक्ष तेजनारायण ठाकुर, नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकाल, नेपाल सौर्य विद्युत उत्पादक संका पूर्वअध्यक्ष प्रकाशविक्रम बस्नेतका साथै नवीकरणीय ऊर्जा प्रवर्द्धन र विकासका क्षेत्रमा सक्रिय व्यक्तिहरुको उपस्थितिमा भेला आयोजना गरी नवीकरणीय ऊर्जा प्रवर्द्धन कम्पनी स्थापना गर्ने सहमति भएको छ ।
कम्पनीले नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन गर्ने, स्थानीय तहमा ऊर्जा उत्पादन व्यवस्थित गर्ने, स्थानीय प्राकृतिक स्रोत परिचालित गर्ने र रोजगारीको अवसर सिर्जनाका निम्ति एकीकृत प्रयास गर्ने उद्देश्य रहेको छ ।
व्यवसायीहरुलाई उक्त कम्पनीमा आवद्ध हुन र सामूहिक प्रयासमार्फत क्लाइमेट एक्सन र आरई इन्नोभेसनका साथै प्रवर्द्धन र विकासका लागि हातेमालो गर्न भेलाले आह्वान गर्ने निर्णयसमेत गरेको छ ।
नेपालमा नवीकरणीय ऊर्जा प्रविधिअन्तर्गत लघु जलविद्युत, सोलार पीभी, सोलार थर्मल, बायोग्यास र बायोमास मुख्य रहेका छन् । यी प्रविधि प्रवर्द्धनका लागि निजी क्षेत्रले प्राविधिक र आर्थिक योगदान गर्दै आएको छ । तर, पछिल्ला केही वर्षदेखि यो क्षेत्र शिथिल हुँदै गएको छ । यद्यपि, सोलार पीभीको बजार भने राम्रो छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा