ग्राहकलाई आई स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने गरि ग्लोबल बैंक र तिलगंगा सिटी आई सेन्टरबीच सहमतिपत्रमा हस्ताक्षर
जलसरोकार
काठमाडौं: ग्लोबल आइएमई बैंक र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकलाई आई सेन्टरले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारीमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टर प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरेको लोबल आइएमई बैंक स्रोतले जनाएको छ ।
सहमति अनुसार अस्पतालले बैंकका डेबिट÷क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।
आई सेन्टरले बैंकका ग्राहकलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरबाट सिफारिस चश्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
ग्लोबल आईएमई बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकहरूलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्धि हुने विश्वास व्यक्त गरे ।
यस साझेदारीपछि बैंकका ग्राहकले एउटै छानामुनि आँखा सम्बन्धि सम्पूर्ण स्वास्थ्य सेवा तथा सुविधा उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पन्तले बताइन् ।
पन्तलले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने आई सेन्टरको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने उनल स्पष्ट पारिन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो