“बत्तीको उज्यालो मात्रैले देश समृद्ध हुँदैन” : घिसिङ
जलसरोकार
काठमाडौं: नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङले मुलुकको समृद्धिका लागि बहुआयामिक विकास आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै घिसिङले केवल बत्तीको उज्यालोले मात्रै मुलुक समृद्ध नहुने स्पष्ट पारे ।
समारोहको प्रमुख अतिथिसमेत रहेका घिसिङले भने, “देशको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि लगायतका सबै क्षेत्रमा उज्यालो फैलिनु आवश्यक छ ।”
उनले समावेशी र समग्र विकासले मात्र दीगो समृद्धिको आधार तयार हुने धारणा राखे । साथै, घिसिङले ऊर्जा क्षेत्रमा भएको प्रगति सराहनीय भए पनि अन्य क्षेत्रलाई समेत प्राथमिकता नदिइ समृद्ध राष्ट्र निर्माण सम्भव नहुनेमा जोड दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्