चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु
जलसरोकार
अछाम । अछाममा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिकामा आज (मङ्गलवार) दिउँसो एक बालकको ज्यान गएको हो।
तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक सोही गाउँपालिका–६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय विमल कामीको घटनास्थलमै ज्यान गएको हो। स्थानीयका अनुसार मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको थियो । विमलसँगै गएका झंकर भने सकुशल रहेका छन।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य