नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् खरिद सम्झौता हुँदै
जलसरोकार
काठमाडौं : नेपाल र भारतका विदेश मन्त्रीको उपस्थितिमा भोलि बिहीबार काठमाडौंमा ‘नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता’ मा हस्ताक्षर हुने भएको छ ।
भारतीय विदेश मन्त्री एस जयशंकर र नेपालका परराष्ट्र मन्त्री एनपी साउदको उपस्थितिमा भारतसँग उक्त सम्झौता हुन लागेको जानकारी ऊर्जा मन्त्रालयले दिएको छ । यही सम्झौता अन्तर्गत भारतले नेपालबाट आगामी दिनमा १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्नेछ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता नबिन राज सिंहका अनुसार नेपालका ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठ १७ गते भएको भारत भ्रमणका क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने प्रारम्भिक हस्ताक्षर भएको थियो । उक्त सहमतिपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षीसहित सम्झौतामा छिट्टै सम्झौता हुने घोषणा गरेका थिए ।
नेपाल भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आउने भारतीय विदेश मन्त्री जयशंकरको भ्रमणका क्रममा तीनवटा १३२ केभीका प्रसारण लाइन पनि संयुक्त रुपमा उद्घाटन हुने मन्त्रालयले जनाएको छ ।
कुशाहा (नेपाल) –कटैया (बिहार, भारत) १३२ केभीको सेकेण्ड सर्किट, परवानीपुर (नेपाल)–रक्सौल (बिहार, भारत) १३२ केभी सेकेण्ड सर्किट र मैनहिया (नेपाल) – न्यू नौतनवा (सम्पतिया) १३२ केभी प्रसारण लाइन उद्घाटन हुने कार्यक्रम छ ।
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्