मेवा खोलाको ७५ प्रतिशत काम सकियो, असोजसम्म सक्ने लक्ष्य
जलसरोकार
काठमाडौं– ताप्लेजुङ जिल्लाको मेवा खोलामा बन्दै गरेको ५० मेगावाट क्षमताकाे युनाइटेड मेवा खोला हाइड्रोपावरले करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ । मेरिन गाउँपालिका बडा नम्बर ३, ४ र ५ मा निर्माणाधीन काम समग्रमा ७५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । उक्त आयोजनाको सिभिलको काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।
त्यस्तै मेरिङदेन गाउँपालिका–५ को थुकिमा पुछारबाट सुरु भएको सुरुङमार्ग चार हजार आठ सय मिटरमध्ये पाँच सय २२ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ।
आयोजनाको पावरहाउससम्म आउने पाइप पनि बिछ्याउँने कार्य हँदै छ।
अनुमानित लागत नौ अर्ब लागतको आयोजना निर्धारित समयमै सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाको दाबी छ। ०७८ भदौबाट निर्माण सुरु गरिएको आयोजना ०८१ असोजभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा सहवित्तीयकरण सम्झौतामा कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र सिभिल बैंकसहित सात बैंकहरूले सात सय करोड रुपैयाँ (६ अर्ब ७५ करोड आवधिक कर्जा र २५ करोड रुपैयाँ चालू पुँजी कर्जा) ऋण लगानीमा निर्माण भएको हो । आयोजनाबाट हिउँदमा ९७, ४२४ मेगावाट घण्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ मेगाबाट घण्टा विद्युत् उत्पादन हुनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्