मेवा खोलाको ७५ प्रतिशत काम सकियो, असोजसम्म सक्ने लक्ष्य
जलसरोकार
काठमाडौं– ताप्लेजुङ जिल्लाको मेवा खोलामा बन्दै गरेको ५० मेगावाट क्षमताकाे युनाइटेड मेवा खोला हाइड्रोपावरले करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ । मेरिन गाउँपालिका बडा नम्बर ३, ४ र ५ मा निर्माणाधीन काम समग्रमा ७५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । उक्त आयोजनाको सिभिलको काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।
त्यस्तै मेरिङदेन गाउँपालिका–५ को थुकिमा पुछारबाट सुरु भएको सुरुङमार्ग चार हजार आठ सय मिटरमध्ये पाँच सय २२ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ।
आयोजनाको पावरहाउससम्म आउने पाइप पनि बिछ्याउँने कार्य हँदै छ।
अनुमानित लागत नौ अर्ब लागतको आयोजना निर्धारित समयमै सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाको दाबी छ। ०७८ भदौबाट निर्माण सुरु गरिएको आयोजना ०८१ असोजभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा सहवित्तीयकरण सम्झौतामा कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र सिभिल बैंकसहित सात बैंकहरूले सात सय करोड रुपैयाँ (६ अर्ब ७५ करोड आवधिक कर्जा र २५ करोड रुपैयाँ चालू पुँजी कर्जा) ऋण लगानीमा निर्माण भएको हो । आयोजनाबाट हिउँदमा ९७, ४२४ मेगावाट घण्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ मेगाबाट घण्टा विद्युत् उत्पादन हुनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड