इप्पान चुनावअघि ६ पदाधिकारी निर्विरोध, प्रमुख पदमा कडा प्रतिस्पर्धा
जलसरोकार
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभाअन्तर्गत भोलि हुने निर्वाचनअघि केही पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
इप्पान निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपमहासचिव पदमा कविता पौडेल निर्विरोध निर्वाचित भएकी छन् । त्यसैगरी सचिव पदका पाँचै उम्मेदवारहरु अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुबेर मणि नेपाल, विजयमोहन भट्टराई र सुमन कुमारी जोशी निर्विरोध निर्वाचित भएका छन् ।
यद्यपि महिला सदस्यतर्फ भने प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमा मिजु इनर्जी लिमिटेडकी ज्योति गैरे, ओ.एम.आर. हाइड्रो प्रालिकी प्रतिमा जवाली, हार्मोनी इनभेष्टमेन्ट कर्पोरेशन प्रालिकी संगीता धमला तथा आरपी पावर कम्पनी लिमिटेडकी सिर्जना खड्का चुनावी मैदानमा रहेका छन् ।
इप्पानको निर्वाचन भोलि २४ औँ वार्षिक साधारणसभासँगै काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा हुँदैछ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा खुला सदस्य पदमा पनि प्रतिस्पर्धा हुने भएको छ ।
वरिष्ठ उपाध्यक्ष पदका लागि सिइडीबी होल्डिङ्स लिमिटेडका उत्तम भ्लोन र बराह मल्टिपावर लिमिटेडका बलराम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ ।
उपाध्यक्षका पाँच पदका लागि सातजना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा बुटवल पावर कम्पनी लिमिटेडका उत्तर कुमार श्रेष्ठ, तुङ्खेबोला हाइड्रोपावर लिमिटेडका नरेन्द्र बल्लभ पन्त, इसुवा इनर्जी प्रालिका विक्रम विष्ट, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडका भरतप्रसाद नेपाल, आरती पावर कम्पनी लिमिटेडका भरतबहादुर खत्री, मादमे खोला हाइड्रोपावर लिमिटेडका सुसन कर्माचार्य र साहस ऊर्जा लिमिटेडका हिम प्रसाद पाठक रहेका छन् ।
महासचिव पदमा भिजन इनर्जी एण्ड पावर लिमिटेडका टेकनाथ आचार्य (टि.एन. आचार्य) र फेदीखोला हाइड्रो पावर कम्पनी लिमिटेडका प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी कोषाध्यक्ष पदमा देव ढुंगा मालिका हाइड्रोपावर कम्पनी प्रालिका मिथुन चक्रवर्ती प्रसाद पौडेल र मध्य ताराखोला हाइड्रोपावर लिमिटेडका शंकर बयालबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
खुला सदस्यतर्फ सात पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरुमा एम.ए. पावर लिमिटेडका अनुप आचार्य, कालिञ्चोक हाइड्रोपावर लिमिटेडका इन्द्र पन्त, दूधकोशी हाइड्रोपावर नेपाल लिमिटेडका कदम के.सी., वाटर इनर्जी सोलुसन लिमिटेडका जगदीश शिवाकोटी, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका जगतबहादुर पोखरेल, दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेडका नारायण कँडेल, स्वाँप पावर कम्पनी लिमिटेडका प्रदीप ओली, वरुण हाइड्रोपावर कम्पनी लिमिटेडका डा. भुषण गुरागाईं, अरुण श्याली डेभलपमेन्ट हाइड्रोपावर लिमिटेडका मिलन खड्का, नार खोला हाइड्रो इनर्जी प्रालिका वर्णन लमिछाने, अभियान हाइड्रोपावर प्रालिका बाबुराम थापा, सानिमा जुम हाइड्रोपावर लिमिटेडका सकुन्द ओभा, एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रालिका सन्तोषराज नेपाल तथा हिमाली हाइड्रो फण्ड लिमिटेडका सोमनाथ कँडेल रहेका छन् ।
नेपालको निजी ऊर्जा क्षेत्रको छाता संगठनका रूपमा रहेको इप्पानको नयाँ नेतृत्व चयनलाई यसपटक विशेष चासोका साथ हेरिएको छ । जलविद्युत् क्षेत्रमा लगानी विस्तार, प्रसारण लाइन निर्माण, विद्युत् व्यापार तथा नीतिगत स्थायित्वका विषयमा निजी क्षेत्रको भूमिका प्रभावकारी बनाउने अपेक्षासहित नयाँ नेतृत्व चयन हुन लागेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महासंघ विवादबीच इप्पानको निर्वाचन प्रक्रिया अघि बढ्यो
-
इप्पान चुनावअघि ६ पदाधिकारी निर्विरोध, प्रमुख पदमा कडा प्रतिस्पर्धा
-
शून्य प्रगतिका ३८ जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न सिफारिस, ‘लाइसेन्स राज’ अन्त्य गर्न सुझाव
-
नेप्से ८.१४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
इप्पान नदी प्रवाहीजस्तो भयो, अब जलाशययुक्त बनाउनुपर्छ
-
इप्पानभित्र ‘संस्थागत पुनर्संरचना’ को बहस चर्कियो, बलराम खतिवडा समूहद्वारा विस्तृत घोषणापत्र सार्वजनिक