एउटै वडाका ५३८ घरमा खानेपानीको घारा
जलसरोकार
बागलुङ : गण्डकी प्रदेश सरकारको ‘सबै घरमा खानेपानी’ अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका–५ का ५३८ घरमा खानेपानीको धारा जडान गरिएको छ ।
वडामा रहेका कुल ५९५ घरमध्ये अधिकांश घरमा धारा जडान सम्पन्न भइसकेको छ भने अब २२ घरमा मात्रै खानेपानी पु¥याउन बाँकी रहेको वडाध्यक्ष मनबहादुर रोकाले जानकारी दिए । गण्डकी प्रदेश सरकारको करिब दुई करोड रुपैयाँ लगानीमा १८ वटा मुहानको पानी एकीकृत प्रणालीमार्फत घरघरमा पु¥याइएको हो ।
वडाध्यक्ष रोकाका अनुसार करिमेला, धस्मर, रानीवास, तातामाटा, छेल्लर खोला, नाङ्गी, औलादी, सानो हिले, ठूलो हिले, सिप, फेदी, पलीम, फुडेखर्क, मच्छर, भिरकुना र अर्गातुङ गाउँका घरमा निजी धारा जडान गरिएको छ ।
“विकासको पहिलो आधार शुद्ध खानेपानी हो,” उनले भने, “वडाभर खानेपानी पु¥याउने लक्ष्य पूरा हुँदैछ। एक घर–एक धारा अभियानअन्तर्गत अधिकांश घरमा धारा जडान भइसकेको छ, जुन हाम्रा लागि सुखद् कुरा हो ।”
घरमै खानेपानीको सुविधा पुगेपछि स्थानीयको दैनिकीमा सहजता आएको छ। पानीकै लागि टाढा रहेका सामुदायिक धारा र कुँवामा जानुपर्ने बाध्यता हट्नुका साथै समयको बचत र सरसफाइमा समेत सुधार आएको स्थानीयले बताएका छन् ।
विसं २०७५ देखि सुरु गरिएको एक घर–एक धारा अभियानले सार्थकता पाएको भन्दै स्थानीय खुसी व्यक्त गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?