एउटै वडाका ५३८ घरमा खानेपानीको घारा
जलसरोकार
बागलुङ : गण्डकी प्रदेश सरकारको ‘सबै घरमा खानेपानी’ अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका–५ का ५३८ घरमा खानेपानीको धारा जडान गरिएको छ ।
वडामा रहेका कुल ५९५ घरमध्ये अधिकांश घरमा धारा जडान सम्पन्न भइसकेको छ भने अब २२ घरमा मात्रै खानेपानी पु¥याउन बाँकी रहेको वडाध्यक्ष मनबहादुर रोकाले जानकारी दिए । गण्डकी प्रदेश सरकारको करिब दुई करोड रुपैयाँ लगानीमा १८ वटा मुहानको पानी एकीकृत प्रणालीमार्फत घरघरमा पु¥याइएको हो ।
वडाध्यक्ष रोकाका अनुसार करिमेला, धस्मर, रानीवास, तातामाटा, छेल्लर खोला, नाङ्गी, औलादी, सानो हिले, ठूलो हिले, सिप, फेदी, पलीम, फुडेखर्क, मच्छर, भिरकुना र अर्गातुङ गाउँका घरमा निजी धारा जडान गरिएको छ ।
“विकासको पहिलो आधार शुद्ध खानेपानी हो,” उनले भने, “वडाभर खानेपानी पु¥याउने लक्ष्य पूरा हुँदैछ। एक घर–एक धारा अभियानअन्तर्गत अधिकांश घरमा धारा जडान भइसकेको छ, जुन हाम्रा लागि सुखद् कुरा हो ।”
घरमै खानेपानीको सुविधा पुगेपछि स्थानीयको दैनिकीमा सहजता आएको छ। पानीकै लागि टाढा रहेका सामुदायिक धारा र कुँवामा जानुपर्ने बाध्यता हट्नुका साथै समयको बचत र सरसफाइमा समेत सुधार आएको स्थानीयले बताएका छन् ।
विसं २०७५ देखि सुरु गरिएको एक घर–एक धारा अभियानले सार्थकता पाएको भन्दै स्थानीय खुसी व्यक्त गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो
-
कञ्चनपुरका सीमसार क्षेत्रको अस्तित्व सङ्कटमा
-
कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्ज, कोहलपुर–सुर्खेत–दैलेख लाइन सञ्चालनमा
-
दमौली २२० केभी प्रसारण लाइनका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो, प्रभावितलाई दाबी–प्रमाण पेश गर्न आग्रह
-
पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
-
साताको पहिलो दिन दोहोरो अङ्कले घट्यो सेयर बजार