४० मेगावाट बिजुली बंगलादेश निर्यात

-lg-1731656986.jpg)
काठमाडौं : आजबाट औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागका निर्देशक चन्दनकुमार घोषका अनुसार भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हिजो अनुमति दिएपछि आज दिनको १२ः३० बजे ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनमार्फत बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात भएको हो ।
भारतीय ग्रीडमा पुगेको नेपालको बिजुली भारतको बहरामपुरबाट बंगलादेशको भेरामारा जोडिएको घोषले बताए ।
उनका अनुसार आज राति १२ः१५ सम्म बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात हुनेछ । नेपाल र बंगलादेशबीच जून १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा पाँच वर्षका लागि निर्यात हुनेछ ।
आज नोभेम्बर १५ भएकाले आज राति १२ः१५ (भारतीय समय १२) सम्म मात्र निर्यात हुनेछ ।
गत असोजमा नेपाल, भारत र बंगलादेशका अधिकारीबीच ४० मेगावाट बिजुली निर्यातसम्बन्धी त्रिपक्षीय सम्झौतामा काठमाडौंमा हस्ताक्षर भए पनि भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएको थिए ।
हिजो बिहीबार भारतको प्राधिकरणले अनुमति दिएपछि त्यसलाई औपचारिक रुपमा निर्यात गर्न नेपाल, भारत र बंगलादेशका ऊर्जा मन्त्रीहरुको भर्चुयल माध्यमबाट सुरु गर्ने सहमति भएको थियो ।
ऊर्जा मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट औपचारिक रुपमा बिजुली निर्यातको आज सुरु गरे ।
परराष्ट्र मनलयको सभा हलमा कार्यक्रम आयोजना गरिएको र नेपालका ऊर्जा मन्त्री खड्काले सुरु गरेपछि प्राधिकरणको भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा रहेका इन्जिनियरहरुले ४० मेगावाट बिजुली निर्यात गरेको प्राधिकरणका प्रवक्तासमेत रहेका घोषले जलसरोकारलाई बताए ।
हाल भारतमा २ सय मेगावाट निर्यात भइहेको र त्यसमा ४० मेगावाट थप भएको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्