आजबाट बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात हुँदै
तीन देशका ऊर्जा मन्त्रीहरुले भर्चुअल उद्घाटन गर्ने
जलसरोकार
काठमाडौं : आज नेपाली समय अनुसार मध्यान्ह साढे १२ बजे नेपालको ४० मेगावाट बिजुली औपचारिक रुपमा बंगलादेश निर्यात हुने भएको छ ।
नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीहरुले भर्चुअल (कम्प्युटरमा क्लिक गरी) सवा १२ बजे उद्घाटन गर्ने भएका छन् ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार परराष्ट्र मन्त्रालयको सभा हलमा नेपालका ऊर्जा मन्त्री दीपक खड्काले कम्प्युटरमा क्लिक गर्नेछन् । बंगलादेश र भारतका ऊर्जा मन्त्रीहरुले पनि आ–आफ्नो स्थानमा रही भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपाल र बंगलादेशबीच जून १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली कारोबार गर्ने सम्झौता भइसकेको छ । यसअनुसार आज राति १२ बजेसम्म मात्र नेपालले ४० मेगावाट बिजुली निर्यात गर्नेछ ।
भारतबाहेक तेस्रो मुलुकलाई नेपालले बिजुली निर्यात गर्न लागेको यो पहिलोपटक हो ।
सन् २०२४ मा सुरु भएको रेकर्डका लागि आज अन्तिम दिन निर्यात गर्न लागेको हो । नोभेम्बरपछि नेपालले हिउँदयाममा बिजुली आयात गर्नुपर्नेछ ।
नेपालले बंगलादेशलाई निर्यात गर्ने बिजुलीको मूल्य प्रतियुनिट ६.४ अमेरिकी सेन्ट (८ रुपैयाँ ३२ पैसा) छ ।
गत असोजमा नेपाल, भारत र बंगलादेशबीच विद्युत् निर्यातसम्बन्धी त्रिपक्षीय सम्झौता काठमाडौंमा भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै