आजबाट बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात हुँदै
तीन देशका ऊर्जा मन्त्रीहरुले भर्चुअल उद्घाटन गर्ने
जलसरोकार
काठमाडौं : आज नेपाली समय अनुसार मध्यान्ह साढे १२ बजे नेपालको ४० मेगावाट बिजुली औपचारिक रुपमा बंगलादेश निर्यात हुने भएको छ ।
नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीहरुले भर्चुअल (कम्प्युटरमा क्लिक गरी) सवा १२ बजे उद्घाटन गर्ने भएका छन् ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार परराष्ट्र मन्त्रालयको सभा हलमा नेपालका ऊर्जा मन्त्री दीपक खड्काले कम्प्युटरमा क्लिक गर्नेछन् । बंगलादेश र भारतका ऊर्जा मन्त्रीहरुले पनि आ–आफ्नो स्थानमा रही भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपाल र बंगलादेशबीच जून १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली कारोबार गर्ने सम्झौता भइसकेको छ । यसअनुसार आज राति १२ बजेसम्म मात्र नेपालले ४० मेगावाट बिजुली निर्यात गर्नेछ ।
भारतबाहेक तेस्रो मुलुकलाई नेपालले बिजुली निर्यात गर्न लागेको यो पहिलोपटक हो ।
सन् २०२४ मा सुरु भएको रेकर्डका लागि आज अन्तिम दिन निर्यात गर्न लागेको हो । नोभेम्बरपछि नेपालले हिउँदयाममा बिजुली आयात गर्नुपर्नेछ ।
नेपालले बंगलादेशलाई निर्यात गर्ने बिजुलीको मूल्य प्रतियुनिट ६.४ अमेरिकी सेन्ट (८ रुपैयाँ ३२ पैसा) छ ।
गत असोजमा नेपाल, भारत र बंगलादेशबीच विद्युत् निर्यातसम्बन्धी त्रिपक्षीय सम्झौता काठमाडौंमा भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?