डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाए
जलसरोकार
काठमाडौं : डेडिकेटेड तथा ट्रंक लाइनमार्फत बिजुली उपभोग गरेका देशका ठूला उद्योगहरुले बक्यौता भुक्तानी नगरिरहेका बेला भैरहवा क्षेत्रका चार उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता तिरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार जरिवानासहित प्रिमियम बक्यौता बु्झाउने उद्योगहरुमा यशोदा फुड्स प्रालि, जय दुर्गा प्लाष्टिक उद्योग, सोना प्याकेजिङ र सोना पोलिमर्स इण्डष्ट्रिज छन् ।
यशोधा फुड्स प्रालिले ४ लाख २५ हजार २ सय ३१ रुपैयाँ, दुर्गा प्लाष्टिक उद्योगले ७० हजार पाँच सय ३२ रुपैयाँ, सोना प्याकेजिङले ३ लाख ५५ हजार ६७ रुपैयाँ र सोना पोलिमर्स इण्डष्ट्रिजले ३ लाख ४६ हजार ३ सय ८९ रुपैयाँ बुझाएका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्