सार्वजनिक संस्थानमा ३४ हजार ९ सय ५१ जनालाई जागिर, सबैभन्दा बढी विद्युत् प्राधिकरणमा
जलसरोकार
काठमाडौं : मुलुकमा रहेका सार्वजनिक संस्थानहरुले ३४ हजार ९ सय ५१ जना नेपालीलाई रोजगारी दिएका छन् ।
अर्थ मन्त्रालयले आज प्रकाशन गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२’ अनुसार आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक संस्थानमा ३२ हजार एक सय ८० जना कर्मचारी कार्यरत रहेकोमा आव २०८०÷८१ मा गत अवधिको तुलनामा ८.६१ प्रतिशतले वृद्धि भई ३४ हजार ९ सय ५१ पुगेको हो ।
कर्मचारी भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि समयमा रिक्त पदमा पूर्ति भएकाले उक्त संख्या बढ्न गएको उक्त समीक्षामा उल्लेख छ ।
कार्यरत कर्मचारीमध्ये जनोपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी १४ हजार ६ सय ७४ जना र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम १ हजार २ सय ८० कार्यरत छन् ।
हाल कायम रहेका सावर्जनिक संस्थानमध्येकम्पनी ऐन अनुसार स्थापना भएका ३४ वटा, संस्थान विशेष ऐन अन्तर्गत ८ वटा, सञ्चार संस्थान ऐन अनुसार १ वटा, सहकारी ऐन अनुसार १ वटा र संस्थान ऐन, २०२१ अनुसार १ वटा छन् ।
समीक्षाअनुसार आव २०८०÷८१ मा सबैभन्दा बढी कर्मचारी रहेका तीन संस्थान नेपाल विद्युत् प्राधिकरणमा ८ हजार ८ सय ३९ जना, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा ५ हजार १ सय ८७ जना र राष्ट्रिय वाणिज्य बैंकमा ३ हजार ६ सय ६४ जना कर्मचारी छन् ।
सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीमध्ये यी तीन सस्थानको कर्मचार िसंख्या कुल कर्मचारीको ५०.६१ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
सार्वजनिक संस्थानले उत्पादन तथा विक्री वितरण गर्ने वस्तु तथा सेवाका कारण प्रत्यक्ष रोजगारीको अलावा अप्रत्यक्ष रुपमा समेत ठूलो संख्यामा रोजगारी तथा स्वरोजगारी प्रदान गरेको पाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा