रसुवागढी हाइड्रोपावरका ३१ कर्मचारी फसे, उद्धारका लागि प्रयास जारी
जलसरोकार
काठमाडौं : आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनाका ३१ कर्मचारी, इन्जिनियर फसेका छन् । उनीहरुका लागि हेलिकप्टरबाट उद्धार गर्न खोजिए पनि प्रतिकूल मौसमका कारण पुग्न नसकेको रसुवागढी जलविद्युत् आयोजनका प्रमुख सत्यरातम ज्याख्वाले बताए ।
बाढीले नेपाल–चीन जोड्ने मितेर पुल बगाएर रसुवागढी जलविद्युत्को मुहान बाँधमा क्षति पुगेको, ठूलो बाढी आएकाले नदीको पारिपट्टि रहेको आयोजनास्थलका कर्मचारी उतै फसेको उनले बताए । हालसम्म उनीहरु सुरक्षित रहेको तर पानीकाे बहाव कम नभएकाले उद्धारमा समस्या भइरहेको छ ।
बाढीले सडक बगाएको, आयोजनको क्याम्प, मु्हान संरचना क्षेत्रमा रहेका कर्मचारीहरुलाई वारि ल्याउन नसकिएको ज्याख्वाले जानकारी दिए । ‘मौसम सुधार हुने बित्तिकै उद्धार गर्ने गरी तयारी अवस्थामा छौं,’ उनले भने ।
तिब्बती क्षेत्रमा परेको ठूले वर्षाका कारण सीमा क्षेत्रस्थित टिम्बुरेको ड्राइपोर्टमा ठूलो क्षति भएको छ । नेपालले आयात गरेका गाडीहरु बगाएको छ । बाढीले रसुवागढी जलविद्युतको बाँध संरचना क्षेत्रलाई क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
यो पुल केवल भौतिक संरचना मात्र होइन, उत्तरतर्फको आयातका लागि अत्यावश्यक व्यापारिक मार्ग र प्रमुख भन्सार बिन्दु समेत थियो।
यसको विनाश नेपालका लागि एक ठूलो आर्थिक धक्का हो, जुन पहिले नै जलवायु संवेदनशीलता र आयात(करमा निर्भर राजस्व प्रणालीका दुबै चुनौतीहरूसँग जुधिरहेको इन्जिनयर कुशल गुरुङले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित