सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

३० हजार मेगावाट लक्ष्य आर्थिक भविष्यसँग जोडिएको हो : सांसद भरत पराजुली

जलसरोकार
शुक्रबार, जेठ २९, २०८३ | १२:५०:३४ बजे

 

काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई केवल ऊर्जा उत्पादनको योजनाका रूपमा नभई देशको समग्र आर्थिक भविष्यसँग जोडिएको दीर्घकालीन रणनीति भएको बताएका छन्।

उनका अनुसार उक्त लक्ष्य हासिल गर्न सरकार नीतिगत, कानुनी तथा प्रशासनिक अवरोधहरू हटाउने दिशामा काम गरिरहेको छ। “सरकार आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको छ। यो लक्ष्य केवल उत्पादनको मात्र लक्ष्य नभएर आर्थिक भविष्य पनि हो,” उनले बताए।

पराजुलीले जलविद्युत् आयोजनाहरू धेरैजसो जग्गा प्राप्ति र मुआब्जा सम्बन्धी समस्याका कारण प्रभावित हुने गरेको उल्लेख गरे। उनले वातावरण संरक्षण आवश्यक भए पनि वन क्षेत्रको प्रयोग अनुमति तथा रुख कटान स्वीकृति प्राप्त गर्न वर्षौं लाग्ने अवस्थाले लगानीमैत्री वातावरण बनाउन कठिन भइरहेको बताए।

त्यस्तै, उनले प्रसारण लाइन निर्माणमा हुने ढिलासुस्तीका कारण उत्पादन सम्पन्न भइसकेका आयोजना पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको समस्या रहेको बताए। यस विषयमा सरकारले सुधारका प्रयास गरिरहेको उनको भनाइ छ।

उनले वर्षायाममा उत्पादन हुने विद्युत्को आन्तरिक खपत विस्तार र निर्यात बजारको अभावलाई पनि अहिलेको प्रमुख चुनौतीका रूपमा औँल्याए। उत्पादन बढाउने लक्ष्यसँगै बजार सुनिश्चितता र पूर्वाधार विकासमा समान रूपमा ध्यान दिनुपर्ने आवश्यकता उनले जोड दिए।

 

प्रकाशित मिति : शुक्रबार, जेठ २९, २०८३ | १२:५०:३४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया