मनाङमा ३० मेगावाटको म्यार्दी जलविद्युत् आयोजना बन्ने
जलसरोकार
काठमाडौँ: मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकाको सीमाक्षेत्रमा ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाको प्रक्रिया अन्तर्गत वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम सुरु गरेको छ ।
म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालि आयोजनाको प्रस्तावक रहेको छ । नदी प्रवाही (रन–अफ–रिभर) प्रकृतिको यस आयोजनाबाट वार्षिक औसत १७३.४४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ ।
उत्पादित विद्युत् १० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत धारापानीस्थित २२० केभी क्षमताको मनाङ हबसम्म जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने जनाइएको छ ।
आयोजनाको कुल लागत रु ३ अर्ब ९० करोड ९७ लाख रहनेछ। यस अनुसार प्रतिमेगावाट लागत करिब रु १३ करोड ३ लाख पर्ने अनुमान गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयले आयोजनाबाट पर्न सक्ने सम्भावित वातावरणीय प्रभावबारे सरोकारवाला सबै पक्षसँग सुझाव तथा जानकारी उपलब्ध गराउन आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य