अन्तरदेशीय प्रसारण लाइनका लागि ३ अर्ब लगानी गरिदै
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना गरिने संयुक्त कम्पनीहरूमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इन्डिया लिमिटेडबीच गठन हुने संयुक्त कम्पनीका लागि आवश्यक लगानी स्रोत सुनिश्चित गरिएको छ ।
मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार नेपालमै स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणले रु एक अर्ब र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा रु दुई अर्ब बराबरको स्वपुँजी लगानी गर्नेछ ।
इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली ४०० केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति यसअघि नै दुई देशका उच्च सरकारी अधिकारीबीच भइसकेको हो । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका यी प्रसारण लाइन सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको छ ।
नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रीड कर्पोरेशन अफ इन्डियाको ४९ प्रतिशत सेयर हुनेछ । त्यस्तै, भारतमा स्थापना हुने संयुक्त कम्पनीमा भारतीय पक्षको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ ।
नेपालमा स्थापना हुने कम्पनीमा आवश्यक स्वपुँजी प्राधिकरणको आन्तरिक स्रोतबाट जुटाइनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध गर्ने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारततर्फ लगानीका लागि छुट दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सचिव चटौतका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार आवश्यक सूचना राजपत्रमा प्रकाशन गरी सार्वजनिक गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा