म्याग्दीमा २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना सञ्चालनमा
जलसरोकार
म्याग्दी,: म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। यो आयोजना ठूलोखोला हाइड्रोपावर लिमिटेडको प्रवद्र्धनमा बनाइएको हो ।
आयोजना प्रमुख शिवसागर यादवका अनुसार भौतिक संरचना निर्माण पूरा भइसकेको छ भने विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण समेत सकिएको छ । हाल नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परीक्षण उत्पादन सुरु गरिएको छ ।
“बाँध, विद्युत्गृह, पाइपलाइन, प्रसारण लाइन र विद्युत्गृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकिएको छ,” उनले जानकारी दिए ।
यो आयोजना विसं २०७८ मा सुरु भएको थियो र निर्माण स्थल भौगोलिक दृष्टिले विकट र दुर्गम क्षेत्रमा रहेको छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), २,९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान गरिएको छ। फेदीमा विद्युत्गृह निर्माण भएको छ भने विद्युत्गृह परिसरमा ‘स्वीचयार्ड’ पनि तयार पारिएको छ ।
ठूलोखोलाजलविद्युत् आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको छ। फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन तयार गरिएको छ। बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरी तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ ।
निर्माणका मुख्य ठेकेदारहरूमा देव ऊर्जा कन्ट्रक्सन (सिभिल), हाइड्रोमेकानिकल, र बिएफएल बेङ्गलोर (इलेक्ट्रोमेकेनिकल) रहेका छन् । रु तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। प्रवद्र्धकको १० प्रतिशत लगानी रहने योजनामा २० प्रतिशत शेयर सर्वसाधारणमार्फत जारी गरिनेछ ।
यसअघि रघुगङ्गा क्षेत्रका सहायक नदीहरूमा तीन वटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवद्र्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको क्यासकेडको रुपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट आयोजनाहरू सञ्चालनमा छन् ।
साथै, संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना गत भदौदेखि व्यावसायिक उत्पादनमा आएको थियो । हाल रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्