सार्वजनिक-निजी साझेदारीमा २२० केभी प्रसारण लाइन
जलसरोकार
काठमाडौं : तमोर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइन सार्वजनिक-निजी साझेदारीमार्फत 'निर्माण सञ्चालन हस्तान्तरण (बुट)' मोडेलमा निर्माण गर्न राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र एचआईडीसीएलबीच समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।
समझदारीअनुसार ७४ प्रतिशत शेयर जलविद्युत् उत्पादक कम्पनीहरुले र २६ प्रतिशत शेयर ग्रीड कङ्गपनीले राख्ने प्रस्ताव गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आयोजनाको मुख्य आय स्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको प्रसारण शुल्क हुने र सोही आयबाट ऋण चुक्ता तथा संचालन खर्च कटाएर हुने नाफा/नोक्सान सेयरधनीले बेहोर्ने समझदारी भएको हो ।
३२ किमी लम्बाई र एक २२०/१३२ केभी को सब-स्टेसन कार्य क्षेत्र रहेको उक्त आयोजनाको कुल लागत करिब ३.८ अर्ब रहेको छ । निर्माण पूर्वका सबै जसो कार्य संम्पन्न गरिएको यस आयोजनाको प्रसारण अनुमति प्राप्तिको समेत अन्तिम चरणमा रहेको छ. हाल करिब ७० रोपनी जग्गा अधिग्रहरण गरिसकिएको र सोसहितको अन्य खर्चपछि स्थापना गरिने कम्पनीमा पुँजीकृत गरिने छ ।
स्वपुँजीमा सहभागी हुने जलविद्युत् प्रवर्द्धक कम्पनीहरु निम्न छन् :
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै