सार्वजनिक-निजी साझेदारीमा २२० केभी प्रसारण लाइन
जलसरोकार
काठमाडौं : तमोर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइन सार्वजनिक-निजी साझेदारीमार्फत 'निर्माण सञ्चालन हस्तान्तरण (बुट)' मोडेलमा निर्माण गर्न राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र एचआईडीसीएलबीच समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।
समझदारीअनुसार ७४ प्रतिशत शेयर जलविद्युत् उत्पादक कम्पनीहरुले र २६ प्रतिशत शेयर ग्रीड कङ्गपनीले राख्ने प्रस्ताव गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आयोजनाको मुख्य आय स्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको प्रसारण शुल्क हुने र सोही आयबाट ऋण चुक्ता तथा संचालन खर्च कटाएर हुने नाफा/नोक्सान सेयरधनीले बेहोर्ने समझदारी भएको हो ।
३२ किमी लम्बाई र एक २२०/१३२ केभी को सब-स्टेसन कार्य क्षेत्र रहेको उक्त आयोजनाको कुल लागत करिब ३.८ अर्ब रहेको छ । निर्माण पूर्वका सबै जसो कार्य संम्पन्न गरिएको यस आयोजनाको प्रसारण अनुमति प्राप्तिको समेत अन्तिम चरणमा रहेको छ. हाल करिब ७० रोपनी जग्गा अधिग्रहरण गरिसकिएको र सोसहितको अन्य खर्चपछि स्थापना गरिने कम्पनीमा पुँजीकृत गरिने छ ।
स्वपुँजीमा सहभागी हुने जलविद्युत् प्रवर्द्धक कम्पनीहरु निम्न छन् :
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनामा ४ खर्ब ९ अर्ब राजस्व संकलन
-
रेकर्डपछि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
-
अलपत्र पारिएका सिँचाइका २२ रुग्ण ठेक्का तोडियो
-
नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
-
२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की