२१.९३ मेगावाट क्षमताका काबेली–३ जलविद्युत् आयोजनाको उत्पादन चैतभित्रमा
जलसरोकार
ताप्लेजुङ : आगामी चैतमसान्तभित्र २१.९३ मेगावाट क्षमताको काबेली–३ जलविद्युत् आयोजनाले उत्पादन थाल्ने भएको छ । उक्त आयोजनाको सन् २०२३ को जनवरी÷फेब्रुअरीमा निर्माण कार्य सुरु भएको थियो ।
सिरिजङ्घा–५ पेदाङ, वडा नं ६ मामाङ्खे, वडा नं ७ खेबाङलगायत विभिन्न स्थानमा आयोजना विस्तार गरिएको छ । मामाङ्खे र खेबाङको सिमानामा बग्ने ओथम्मा नदीको पानी ५.१२८ किलोमिटर सुरुङमार्फत विद्युत्गृहमा खसालिएको छ । उत्पादित विद्युत् पाँचथरको हिलिहाङ गाउँपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको १३२ केभी अमरपुर सबस्टेसनमा प्रवाह गरिनेछ ।
आयोजनाका सिनियर इञ्जिनीयर सिद्धान्त थपलियाका अनुसार ३१ वटा टावरसहितको प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरिनेछ । आयोजनाको कूल लागत रु चार अर्ब २८ करोड ५० लाख अनुमान गरिएको छ । एनएमबि बैंक, प्रभु बैंक र नबिल बैंक लिमिटेडसँगको साझेदारीमा यो पहल गरिएको हो ।
सुपर काबेली ’ए’ (१३.५ मेगावाट) र सुपर काबेली (१२ मेगावाट) आयोजना सञ्चालनमा आइसकेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्