२१.९३ मेगावाट क्षमताका काबेली–३ जलविद्युत् आयोजनाको उत्पादन चैतभित्रमा
जलसरोकार
ताप्लेजुङ : आगामी चैतमसान्तभित्र २१.९३ मेगावाट क्षमताको काबेली–३ जलविद्युत् आयोजनाले उत्पादन थाल्ने भएको छ । उक्त आयोजनाको सन् २०२३ को जनवरी÷फेब्रुअरीमा निर्माण कार्य सुरु भएको थियो ।
सिरिजङ्घा–५ पेदाङ, वडा नं ६ मामाङ्खे, वडा नं ७ खेबाङलगायत विभिन्न स्थानमा आयोजना विस्तार गरिएको छ । मामाङ्खे र खेबाङको सिमानामा बग्ने ओथम्मा नदीको पानी ५.१२८ किलोमिटर सुरुङमार्फत विद्युत्गृहमा खसालिएको छ । उत्पादित विद्युत् पाँचथरको हिलिहाङ गाउँपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको १३२ केभी अमरपुर सबस्टेसनमा प्रवाह गरिनेछ ।
आयोजनाका सिनियर इञ्जिनीयर सिद्धान्त थपलियाका अनुसार ३१ वटा टावरसहितको प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरिनेछ । आयोजनाको कूल लागत रु चार अर्ब २८ करोड ५० लाख अनुमान गरिएको छ । एनएमबि बैंक, प्रभु बैंक र नबिल बैंक लिमिटेडसँगको साझेदारीमा यो पहल गरिएको हो ।
सुपर काबेली ’ए’ (१३.५ मेगावाट) र सुपर काबेली (१२ मेगावाट) आयोजना सञ्चालनमा आइसकेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव