डेडिकेटेड र ट्रंकलाइन बक्यौता बुझाउन २१ दिनको अल्टिमेटम
जलसरोकार
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् आपूर्ति लिने उद्योगी तथा व्यापारीलाई २१ दिनभित्र बक्यौता महशुल बुझाउन कडाइका साथ निर्देशन दिएको छ । प्राधिकरणले जारी गरेको सूचनामा तत्काल रकम नतिर्ने ग्राहकको नामसहित विवरण सार्वजनिक गर्ने र आपूर्ति समेत बन्द गर्ने चेतावनी दिइएको छ ।
बक्यौता रकम ठूलो हुने अनुमानमा प्राधिकरणले बढीमा २८ महिनासम्म किस्ताबन्दी सुविधा दिने प्रावधान पनि राखेको छ । यसले अल्पकालीन नगद प्रवाहमा समस्यामा परेका उद्योगीलाई राहत दिने अपेक्षा गरिएको छ ।
डेडिकेटेड र ट्रंकलाइन विद्युत् प्रयोगकर्ताले लामो समयदेखि प्राधिकरणलाई महशुल तिर्न ढिलाइ गर्दै आएका छन् । केही उद्योगहरूले विद्युत् महशुल असंगत भएको भन्दै भुक्तानी रोक्दै आएका थिए । तर, प्राधिकरणले उक्त तर्कलाई अस्वीकार गर्दै, ’लिएको सेवा बापतको शुल्क तिर्नु उपभोक्ताको दायित्व हो’ भन्ने अडान लिएको छ ।
ऊर्जा मन्त्रीसमेत रहेका कुलमान घिसिङ यसअघि प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि बक्यौता असुलीमा कठोर बनेका थिए । अहिले मन्त्रीका रूपमा फर्किएपछि उनले फेरि यही अभियानलाई प्राथमिकतामा राखेका छन् । यसलाई विद्युत् क्षेत्रमा ’राजस्व शुद्धिकरण अभियान’ का रूपमा हेरिएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै