लाङटाङ जलविद्युत् आयोजनाका १८ जनाको उद्धार
जलसरोकार
काठमाडौं : भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेका लाङटाङ जलविद्युत् आयोजनाका १८ जनाको उद्धार गरिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।
इप्पानले यसअघि सार्वजनिक गरेको विवरणमा लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत ४२ जना सम्पर्कविहीन रहेको उल्लेख गरेको थियो। पछिल्लो जानकारीअनुसार तीमध्ये १८ जनाको उद्धार भएको हो।
इप्पानले प्रभावित जलविद्युत् आयोजनामा सम्पर्कविहीन तथा उद्धार गरिएका व्यक्तिको विवरण निरन्तर अद्यावधिक गरिरहेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य