नेपाल-भारत संयुक्त प्राविधिक टोलीको १७ औं बैठक भोलिदेखि पोखरामा
बुटबल-गाेरखपुर प्रसारण लाइन तत्काल २२० केभीमा चार्ज हुने
जलसरोकार
काठमाडौं : नेपाल भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १७ औं बैठक भोलिदेखि पोखरामा सुरु हुने भएको छ । आगामी मंगलबारसम्म हुने उक्त बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप देवले बताए ।
बैठककमा नेपाली पक्षको नेतृत्व सहसचिव देवले गर्नेछन् भने उनका समकक्षी भारतको केन्द्रीय विद्युत् प्राधिकरणका चिफ इन्जिनियर बी.एस. बैरवाले गर्ने भएका छन् ।
सहसचिव देवका अनुसार भोलिबाट सुरु हुने बैठकको प्रमुख एजेन्डाहरुमध्ये सबैभन्दा महत्वपूर्ण आगामी सन् २०२६ को मे २६ देखि सञ्चालनमा आउन लागेको बुटबल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन हाललाई २२० केभीमा चार्ज गर्ने विषय रहेको छ ।
एमसीए नेपालले नेपाल खण्डमा बनाउन लागेको सवस्टेशन सन् २०२६ (म्याचिङ ट्याम) मा पूरा नहुने भएकाले हाललाई २२० केभीमै चार्ज गर्ने विषयमा छलफल हुन लागेको देवले जानकारी दिए । एमसीए नेपालले बनाउन लागेको सवस्टेशन सन् २०२७ मा पूरा हुने भनिएको छ ।
‘हाललाई ४०० केभीमा चार्ज गर्न केही समय लागेकाले यो प्रसारण लाइनलाई २२० केभीमा चार्ज गर्नका लागि आवश्यक सम्पूर्ण प्राविधिक पक्षहरुबारे छलफल हुनेछन्,’ देवले जलसरोकारसित भने, ‘यो लाइन ढल्केबर–मुजफ्फपुरमा जस्तै सुरुमा २२० केभीमा चार्ज गरेर पछि ४०० केभीमा चार्ज हुनेछ ।’
यो प्रसारण लाइन निर्माण भएपछि २२ देखि २५ सय मेगावाटसम्म बिजुली प्रवाह हुनेछ । ‘अहिलेलाई २२० केभीमा चार्ज गर्दा पनि नेपालतर्फ उत्पादन हुने बिजुली खेर जाँदैन,’ देवको भनाइ थियो ।
ढल्केबर–मुजफ्पपरजस्तै बुटबल–गोरखपुरमा पनि ‘एन मानइस वान’ प्रावधान राखिएको छ । एउटा लाइन बन्द भए पनि अर्काे लाइनबाट बिजुली प्रवाह गराउने प्राविधिक प्रावधान नै एन माइनस वान हो ।
त्यसैगरी बैठकको अर्काे एजेन्डामा चमेलिया–जौलीजीवी २२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन र निर्माण रहेको छ । कुल ४५ किलोमिटर यो प्रसारण लाइनमा ४४.५ किमि नेपाली भूभागमा पर्छ भने भारतमा जम्मा ५ सय मिटर मात्र रहेको छ ।
नेपालले यो प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरिसकेको छ भने यसअघिको बैठकमा आआफ्नो भूभागमा पर्ने संरचनाको लागत आफू आफूले बेहोर्ने सहमति भइसकेको छ । ‘जेटीटी बैठकबाट सहमति भएपछि यो लाइन निर्माणमा जानेछ,’ देवले भने, ‘यसबाट ३५० मेगवाट बिजुली प्रवाह हुनेछ ।’
यो संरचना आगामी सन् २०२७ भित्रमा निर्माण गरिसक्ने दुबै देशको योजना छ ।
सहसचिव देवका अनुसार जेटीटी बैठकको अर्काे एजेन्डामा ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनको क्षमता पुनः मूल्यांकन रहेको छ । हाल यो लाइनको क्षमता ११ सय मेगावाट तय गरिएको छ । सतलजको अरुण तेस्रो (९०० मेगावाट) निर्माणको अन्तिम चरणमा रहेकाले ढल्केको क्षमता समीक्षा गर्न लागिएको हो ।
बैठकमा निजगढ–मोतीहारी ४०० केभी र लमही–लखनउ÷कोहलपुर ४०० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययनका विषयमा छलफल हुनेछ । यी दुबै लाइन आगामी सन् २०३५ मा पूरा गर्ने लक्ष्य छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत संयुक्त प्राविधिक टोलीको १७ औं बैठक भोलिदेखि पोखरामा
-
आइतबार सेयर बजार ३०.७५ अंकले बढ्यो, नौ अर्बभन्दा बढीको कारोबार
-
मन्त्री घिसिङको पहलपछि बञ्चरेडाँडा फोहोर विसर्जन अवरोध हट्यो
-
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा
-
सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुहोस् आज कतिमा हुँदैछ कारोबार ?
-
नागढुङ्गा–सिस्नेखोला सुरुङ सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान