विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि १५ जनाको नाम सर्टलिस्टमा
जलसरोकार
काठमाडाैं : विद्युत् नियमन आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि गठित सिफारिस समितिले १५ जनाको नाम सर्टलिस्ट गरेको छ । आयोगमा एक अध्यक्षसहित पाँच पदाधिकारी नियुक्ति गर्नुपर्ने व्यवस्थाअनुसार पहिलो चरणको छनोटमा अध्यक्ष पदका लागि ६ जना र सदस्य पदका लागि ९ जना उम्मेदवार सर्टलिस्टमा परेका हुन् ।
समितिका अनुसार अध्यक्ष पदका लागि केशवध्वज अधिकारी (ललितपुर), डा. रामप्रसाद धिताल (सिन्धुपाल्चोक), मधुप्रसाद भेटुवाल (काठमाडौँ), मोतीबहादुर कुँवर (काठमाडौँ), डा. मधुसुधन अधिकारी (काठमाडौँ) र डा. भोलानाथ शर्मा घिमिरे (गोरखा) सर्टलिस्टमा परेका छन् ।
त्यस्तै सदस्य पदका लागि निरज्वल बस्नेत (उदयपुर), रुद्रप्रसाद सिटौला (काठमाडौँ), जयराज भण्डारी (काठमाडौँ), लोकराज पाठक (काठमाडौँ), बलराम सिलवाल (धादिङ), विज्ञानप्रसाद श्रेष्ठ (काठमाडौँ), अर्जुनकुमार गौतम (भक्तपुर), नरेन्द्रसिंह भण्डारी (काठमाडौँ) र नारायणप्रसाद सापकोटा (भरतपुर) को नाम सर्टलिस्टमा परेको छ ।
समितिले व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरूलाई छनोट प्रक्रियाको यस चरणमा समावेश गरेको जनाएको छ । अब सर्टलिस्टमा परेका उम्मेदवारहरूमध्ये अन्तिम सिफारिसमार्फत आयोगको अध्यक्षसहित पाँच जना पदाधिकारी चयन गरिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्