माथिल्लो त्रिशूली-३ बीका २१३ जनामध्ये ९१ सम्पर्कमा, १२२ अझै सम्पर्कविहीन
सम्पर्कविहीन : २१३ जना → सम्पर्कमा आएका : ९१ जना → अझै सम्पर्कविहीन : १२२ जना
जलसरोकार
काठमाडौं : चीनको तिब्बतबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीमा निर्माणाधीन माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले दिएको विवरणअनुसार आयोजनामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवार, निर्माण व्यवसायी, परामर्शदाता, सुरक्षाकर्मी तथा इन्टर्नसहित २१३ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये हालसम्म ९१ जना सम्पर्कमा आएका छन् भने १२२ जनाको अवस्था अझै यकिन हुन सकेको छैन।
आयोजनाका अनुसार कम्पनीमा कार्यरत कर्मचारी तथा परिवारका २८ जना, सिभिल निर्माणतर्फको निर्माण व्यवसायी फेवा कन्स्ट्रक्सनका १६३ जना, विद्युतीय तथा हाइड्रोमेकानिकल काममा संलग्न एचएनएसी-जियाङ्हे जेभीका ६ जना, परामर्शदाता चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडका १२ जना, एक जना सुरक्षाकर्मी र काठमाडौँ विश्वविद्यालयबाट इन्टर्नसिपका लागि पुगेका तीन जना गरी २१३ जना सम्पर्कविहीन भएका थिए।
घटनापछि गरिएको खोजी तथा उद्धार प्रयासबाट आयोजनाका तीन जना कर्मचारी, चिलिमे इन्जिनियरिङका एक जना, एचएनएसी-जियाङ्हेका दुई जना र निर्माण व्यवसायीका ८५ जना गरी ९१ जना सम्पर्कमा आएका छन्। उद्धार आवश्यक परेकालाई सुरक्षित स्थानमा लगिएको कम्पनीले जनाएको छ।
तर आयोजनास्थलको अवस्था भने अत्यन्तै गम्भीर रहेको छ। भोटेकोशीको बाढीले आयोजनाको कार्यालय तथा निर्माणस्थल नै पूर्ण रूपमा बगरमा परिणत गरेको कम्पनीले जनाएको छ। २०८३ भदौ ११ गते बिहान हेलिकप्टरमार्फत आयोजनाका कर्मचारी घटनास्थल पुगेका थिए।
घटनास्थलमा पुगेर निरीक्षण गर्दा थप खोज तथा उद्धारका लागि बाढीले थुपारेको माटो, ढुंगा तथा अन्य पदार्थ हटाउन उत्खनन आवश्यक देखिएको कम्पनीको भनाइ छ। स्थलमार्गबाट घटनास्थल पुग्ने अवस्था नरहेकाले सरकार तथा घटनास्थलमा परिचालित संयन्त्रसँग निरन्तर समन्वय गरी उत्खननका लागि एक्स्काभेटर पुर्याउने प्रयास भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीले यसअघि नै खोजी तथा उद्धारका लागि गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पत्राचार गर्नुका साथै नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलाई समेत आवश्यक सहयोग तथा समन्वयका लागि अनुरोध गरेको थियो।
४४ जनाको नाम सार्वजनिक
सम्पर्कमा आउन नसकेकाहरूमा माथिल्लो त्रिशूली-३ बी आयोजनाका कर्मचारी तथा उनीहरूका परिवारका २८ जना, चिलिमे इन्जिनियरिङका १२ जना, काठमाडौँ विश्वविद्यालयबाट इन्टर्नसिपका लागि पुगेका तीन जना र आयोजनाका एक जना सुरक्षा गार्ड छन्।
आयोजनाका कर्मचारीतर्फ परियोजना व्यवस्थापक इन्दीवर घिमिरे, उपपरियोजना व्यवस्थापक प्रकाशनिधि तिवारी, सहायक व्यवस्थापक राजेश शर्मा, इन्जिनियरहरू सोमनाथ पौडेल, प्रमिला पाठक र दिपेश श्रेष्ठ, वातावरणविद् शंकर प्याकुरेल लगायत रहेका छन्।
त्यस्तै प्रशासन, सवारीचालक, सहयोगी तथा कार्यालय सहायकतर्फ महेश्वर रिजाल, रमला गुरुङ, ईश्वरप्रसाद भट्ट, पुष्पराज भट्टराई, भगवानदीन चौधरी, जितबहादुर चौधरी, रामकुमार थारू, समुद्र आचार्य, रामशरण वाइबा, कृष्णकुमार खड्का, विमला गुरुङ, शकुन्तला गुरुङ, चारिमाया गुरुङ र प्रजिना तामाङ रहेका छन्।
परिवारतर्फ आदित्य पौडेल शर्मा, अदिश्री पौडेल शर्मा, शिवांश पौडेल, त्रिश्या पौडेल, कियान्शा अधिकारी, गीता अधिकारी र तारा उपाध्याय सम्पर्कमा नरहेको विवरणमा उल्लेख छ।
त्यसैगरी चिलिमे इन्जिनियरिङका कमलबहादुर पाण्डे, मनोज केसी, सुमेश अमात्य, निरज श्रेष्ठ, मोनी दाहाल, रविन्द्रकुमार यादव, प्रवीण अमात्य, प्रतीक भट्ट, हेमन्तराज जोशी, महेश नेपाली, खिलबहादुर बुढाथोकी र पुनम न्यौपाने पनि सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।
काठमाडौँ विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आयोजनास्थल पुगेका सृष्टि बस्तौला, समीर पौडेल र शिशिर गिरी तथा आयोजनामा कार्यरत सुरक्षा गार्ड जयबहादुर गुरुङ समेत सम्पर्कमा आउन नसकेको जानकारी कम्पनीले दिएको छ।
बाढीले आयोजनास्थल नै बगाएर लगेको अवस्थामा खोजी तथा उद्धारका लागि अब भारी उपकरण घटनास्थल पुर्याउनु मुख्य चुनौती बनेको छ। कम्पनीले सरकार र सम्बन्धित निकायसँगको समन्वयमा खोजी तथा उद्धारलाई निरन्तरता दिने जनाएको छ।
माथिल्लो त्रिशूली–३ बीका कर्मचारी तथा परिवार
| क्र.सं. | नाम | पद/सम्बन्ध | उमेर |
|---|---|---|---|
| १ | इन्दीवर घिमिरे | परियोजना व्यवस्थापक | ६२ |
| २ | प्रकाशनिधि तिवारी | उपपरियोजना व्यवस्थापक | ५३ |
| ३ | राजेश शर्मा | सहायक व्यवस्थापक | ३४ |
| ४ | सोमनाथ पौडेल | इन्जिनियर | ३७ |
| ५ | प्रमिला पाठक | इन्जिनियर | ३२ |
| ६ | दिपेश श्रेष्ठ | इन्जिनियर | ३७ |
| ७ | शंकर प्याकुरेल | वातावरणविद् | ३१ |
| ८ | महेश्वर रिजाल | सहायक प्रशासन अधिकृत | ४१ |
| ९ | रमला गुरुङ | प्रशासन सहायक | ३२ |
| १० | ईश्वरप्रसाद भट्ट | प्रशासन सहायक | ४२ |
| ११ | पुष्पराज भट्टराई | सहयोगी | ४२ |
| १२ | भगवानदीन चौधरी | सहयोगी | ३९ |
| १३ | जितबहादुर चौधरी | सवारीचालक | ३६ |
| १४ | रामकुमार थारू | सवारीचालक | ४६ |
| १५ | समुद्र आचार्य | सवारीचालक | २७ |
| १६ | रामशरण वाइबा | सहयोगी | ३७ |
| १७ | कृष्णकुमार खड्का | सवारीचालक | ४७ |
| १८ | विमला गुरुङ | कार्यालय सहायक | ३२ |
| १९ | शकुन्तला गुरुङ | कार्यालय सहायक | ४६ |
| २० | चारिमाया गुरुङ | कार्यालय सहायक | ५० |
| २१ | प्रजिना तामाङ | कार्यालय सहायक | ३५ |
| २२ | आदित्य पौडेल शर्मा | परिवार | ३.५ वर्ष |
| २३ | अदिश्री पौडेल शर्मा | परिवार | ३.५ वर्ष |
| २४ | शिवांश पौडेल | परिवार | २.५ वर्ष |
| २५ | त्रिश्या पौडेल | परिवार | २.५ वर्ष |
| २६ | कियान्शा अधिकारी | परिवार | २ वर्ष |
| २७ | गीता अधिकारी | परिवार | ५० |
| २८ | तारा उपाध्याय | परिवार | ३३ |
चिलिमे इन्जिनियरिङका सम्पर्कविहीन कर्मचारी
| क्र.सं. | नाम | पद |
|---|---|---|
| १ | कमलबहादुर पाण्डे | वरिष्ठ टोली नेता |
| २ | मनोज केसी | करार इन्जिनियर |
| ३ | सुमेश अमात्य | वरिष्ठ भूगर्भविद् |
| ४ | निरज श्रेष्ठ | वरिष्ठ निर्माण इन्जिनियर/यूएल |
| ५ | मोनी दाहाल | प्रशासन/लेखा अधिकृत |
| ६ | रविन्द्रकुमार यादव | वरिष्ठ विद्युतीय इन्जिनियर |
| ७ | प्रवीण अमात्य | सिभिल इन्जिनियर |
| ८ | प्रतीक भट्ट | करार तथा योजना इन्जिनियर |
| ९ | हेमन्तराज जोशी | सिभिल इन्जिनियर |
| १० | महेश नेपाली | सवारीचालक |
| ११ | खिलबहादुर बुढाथोकी | भान्से |
| १२ | पुनम न्यौपाने | भान्से |
काठमाडौँ विश्वविद्यालयबाट इन्टर्नसिपमा पुगेका विद्यार्थी
| क्र.सं. | नाम | अध्ययन | उमेर |
|---|---|---|---|
| १ | सृष्टि बस्तौला | सिभिल इन्जिनियरिङ, चौथो वर्ष | २१ |
| २ | समीर पौडेल | सिभिल इन्जिनियरिङ, चौथो वर्ष | २२ |
| ३ | शिशिर गिरी | सिभिल इन्जिनियरिङ, चौथो वर्ष | २३ |
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ 'बी' मा फेवा कन्स्ट्रक्सनका १६० जना सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि अपिल (सूचीसहित)
-
माथिल्लो त्रिशूली-१ पुग्न कोरियाली दूतावासले माग्यो ६ हेलिकप्टरको अनुमति
-
त्रिशूली-३ एमा फसेकाको उद्धारका लागि सुरुङ विशेषज्ञ न्यौपानेका चार विकल्प, सामग्री पाए ४८ घण्टामै प्रगति हुने विश्वास
-
माथिल्लो त्रिशूली-३ बीका २१३ जनामध्ये ९१ सम्पर्कमा, १२२ अझै सम्पर्कविहीन
-
लाङटाङ जलविद्युत् आयोजनाका १८ जनाको उद्धार
-
भोटेकोशी बाढीपछि ९३४ जना सम्पर्कविहीन, जलविद्युत् आयोजनामा उद्धारको चटारो