१,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना तयारी चरणमा
जलसरोकार
काठमाडौँ: बहुप्रतीक्षित बूढीगण्डकी १,२०० मेगावाट क्षमताको जलाशय जलविद्युत् आयोजना तयारी चरणमा प्रवेश गरेको छ । आयोजनाको लगानी ढाँचा अन्तिम चरणमा पुगेकाले अब मन्त्रिपरिषद्को स्वीकृति पर्खिएको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएपछि आयोजनाको निर्माण कार्य छिट्टै सुरु हुने अपेक्षा गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशय आयोजना ऊर्जा सुरक्षाका साथै सिँचाइ, बाढी नियन्त्रण र औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
सरकारले लामो समयदेखि बहसमा रहेको लगानी मोडालिटी टुंग्याउने प्रयास तीव्र बनाएको छ । आयोजना निर्माण सुरु भएसँगै देशको ऊर्जा उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि हुने तथा आयातीत ऊर्जा निर्भरता घट्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको भाउमा नयाँ रेकर्ड कायमै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
रसुवा भन्सारबाट छ महिनामा रु १ अर्ब १६ करोड राजस्व सङ्कलन
-
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
-
पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
-
चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
-
स्वच्छ ऊर्जाबाट हरित अर्थतन्त्रतर्फ नेपाल, डिकार्बनाइजेसनमा केन्द्रित राष्ट्रिय सम्मेलन हुँदै