१,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना तयारी चरणमा
जलसरोकार
काठमाडौँ: बहुप्रतीक्षित बूढीगण्डकी १,२०० मेगावाट क्षमताको जलाशय जलविद्युत् आयोजना तयारी चरणमा प्रवेश गरेको छ । आयोजनाको लगानी ढाँचा अन्तिम चरणमा पुगेकाले अब मन्त्रिपरिषद्को स्वीकृति पर्खिएको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएपछि आयोजनाको निर्माण कार्य छिट्टै सुरु हुने अपेक्षा गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशय आयोजना ऊर्जा सुरक्षाका साथै सिँचाइ, बाढी नियन्त्रण र औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
सरकारले लामो समयदेखि बहसमा रहेको लगानी मोडालिटी टुंग्याउने प्रयास तीव्र बनाएको छ । आयोजना निर्माण सुरु भएसँगै देशको ऊर्जा उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि हुने तथा आयातीत ऊर्जा निर्भरता घट्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य