चक्रपथभित्र महानगर यातायातका १२ वटा विद्युतीय बस सञ्चालनमा
जलसरोकार
काठमाडौं: काठमाडौंको चक्रपथमा आजदेखि केही फरक देखिएला न निलो धुँवा, न कर्कश आवाज । कारण हो, महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सुरु भएको छ ।
१२ वटा नयाँ विद्युतीय बसहरू बिहानैदेखि राजधानीका सडकमा गुड्न थालेका छन् । ‘सफा सहर, स्मार्ट यात्रा’ भन्ने नारासहित सुरु गरिएको यस सेवाको शुभारम्भ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक कार्यक्रमबीच गरे ।
“अब पेट्रोलियममा होइन, प्रविधिमा भर पर्ने समय आएको छ,” मन्त्री दाहालले उद्घाटन कार्यक्रममा भने, “सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्दै आवश्यक नीति र संरचना तयार पार्नेछ ।”
महानगर यातायात प्रालि, जुन पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी हो, त्यसका सचिव केशव नेपालले कम्पनीको परिचय दिंदै सार्वजनिक यातायातलाई निजीकरणमुक्त, उत्तरदायी र भविष्यमुखी बनाउने लक्ष्य भएको बताए ।
कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले भने,“यो सुरुवात मात्र हो । चाँडै नै चन्द्रागिरिदेखि धुलिखेलसम्मका यात्रुहरू पनि विद्युतीय बसमै यात्रा गर्नेछन् ।”
यसअघि नै कम्पनीले चन्द्रागिरि, थानकोट, बनेपा र धुलिखेलसम्म सेवा दिँदै आएको छ। अब भने यो सेवा चक्रपथभित्र पनि नियमित सञ्चालनमा आउनेछ ।
यात्रुका लागि यो अर्थ राख्छ, सफा हावा, कम आवाज, सहज सेवा र, सहरका लागि यो हो, हरित भविष्यतर्फको ठुलो पाइला ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ