चक्रपथभित्र महानगर यातायातका १२ वटा विद्युतीय बस सञ्चालनमा
जलसरोकार
काठमाडौं: काठमाडौंको चक्रपथमा आजदेखि केही फरक देखिएला न निलो धुँवा, न कर्कश आवाज । कारण हो, महानगर यातायात प्रालिको विद्युतीय बस सेवा सुरु भएको छ ।
१२ वटा नयाँ विद्युतीय बसहरू बिहानैदेखि राजधानीका सडकमा गुड्न थालेका छन् । ‘सफा सहर, स्मार्ट यात्रा’ भन्ने नारासहित सुरु गरिएको यस सेवाको शुभारम्भ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक कार्यक्रमबीच गरे ।
“अब पेट्रोलियममा होइन, प्रविधिमा भर पर्ने समय आएको छ,” मन्त्री दाहालले उद्घाटन कार्यक्रममा भने, “सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्दै आवश्यक नीति र संरचना तयार पार्नेछ ।”
महानगर यातायात प्रालि, जुन पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी हो, त्यसका सचिव केशव नेपालले कम्पनीको परिचय दिंदै सार्वजनिक यातायातलाई निजीकरणमुक्त, उत्तरदायी र भविष्यमुखी बनाउने लक्ष्य भएको बताए ।
कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले भने,“यो सुरुवात मात्र हो । चाँडै नै चन्द्रागिरिदेखि धुलिखेलसम्मका यात्रुहरू पनि विद्युतीय बसमै यात्रा गर्नेछन् ।”
यसअघि नै कम्पनीले चन्द्रागिरि, थानकोट, बनेपा र धुलिखेलसम्म सेवा दिँदै आएको छ। अब भने यो सेवा चक्रपथभित्र पनि नियमित सञ्चालनमा आउनेछ ।
यात्रुका लागि यो अर्थ राख्छ, सफा हावा, कम आवाज, सहज सेवा र, सहरका लागि यो हो, हरित भविष्यतर्फको ठुलो पाइला ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य